आज क्यानको कार्यसमिति बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवा मुख्य एजेन्डा
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं माघ १७ गते । आज नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक बस्दैछ । पोखरामा बस्ने क्यान बैठकमा नेपाल टी–२० लिग विवाद र पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा मुख्य एजेन्डा रहेका छन् ।
क्यानले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइज, टी–२० लिगमा फिक्सिङ र पारिश्रमिक विवादमा कार्यसमिति नै दुई भागमा विभाजित भएको छ ।केही दिनअघि छुम्बी लामासहित ७ केन्द्रीय सदस्यले दोषी पदाधिकारीको राजीनामा माग गरेका थिए । आजको बैठकपछि कार्यसम्पादन समितिका केही पदाधिकारीले राजीनामा दिनसक्ने सम्भावनासमेत छ ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि