• Home
  • राजनीति
  • आज उपसभामुखका लागि निर्वाचन हुँदै, राना मगर र यादवबीच कडा प्रतिस्पर्धा
Image

आज उपसभामुखका लागि निर्वाचन हुँदै, राना मगर र यादवबीच कडा प्रतिस्पर्धा


काठमाडौं, माघ ७ गते । आज उपसभामुखका लागि निर्वाचन हुँदै छ । उपसभामुखका लागि सत्तारुढ र विपक्षी गठबन्धनले छुट्टाछुट्टै उम्मेदवार बनाएको छ। सत्तारुढ दलबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उम्मेदवार छन्।उपसभामुखको निर्वाचनका लागि आज मध्याह्न १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले राना मगरलाई उपसभामुखको उम्मेदवार प्रस्ताव गरेकी छन्। त्यसमा नेकपा (एमाल) का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले समर्थन जनाएका छन्।

त्यस्तै, विपक्षी दलका तर्फबाट नेपाली कांग्रसकी सांसद मुक्ताकुमारी यादव उम्मेदवार बनेकी छन्। कांग्रेस सांसद बद्री पाण्डेले यादवलाई उपसभामुखको उम्मेदवार प्रस्ताव गरेका छन्। यसमा नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले समर्थन जनाएका छन्।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *