आजबाट पितृपक्ष प्रारम्भ, १६ दिन कसरी पितृहरूको उपासना गर्ने ?

790Views
0 Shares

काठमाडौं, भदौ २६ गते

२६ भदौदेखि पितृपक्ष प्रारम्भ भएको छ। हरेक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन ऋषिहरूलाई तर्पण दिएपछि महालय अर्थात् सोह्र श्राद्ध प्रारम्भ हुने शास्त्रीय वचन रहिआएको छ। विभिन्न पुराण तथा उपपुराणमा भाद्र शुक्ल पूर्णिमामा ऋषि अगस्तमुनिसहित अन्य ऋषिहरुलाई तर्पण दिइने हुँदा पनि यस दिनलाई सर्वाधिक महत्वका रूपमा व्याख्या गरिएको छ ।

पितृकार्यलाई शास्त्रमा देवकार्यभन्दा पनि उच्च कोटिमा राखिएको छ । मावली प्रधान हुने भएकाले सोह्र श्राद्धलाई महालय श्राद्ध पनि भनिएको छ । विशेष परिस्थितिमा श्राद्ध गर्न र गराउन अवरोध आउन सक्ने पूर्वानुमान गरी धर्म सिन्धु, निर्णय सिन्धुलगायतका ग्रन्थहरूको रचना पनि गरिएको छ ।

विशेष परिस्थितिमा श्राद्धकार्य समयमै सम्पन्न गर्न सकिएन भने कहिले र कसरी गर्ने भन्ने निर्णय सिन्धु, धर्म सिन्धुलगायतका अन्य पुराण तथा उपपुराणहरुमा प्रष्ट रुपमा उल्लेख गरिएको छ । हाम्रा ऋषि महर्षिहरुले श्राद्धमा अकस्मात् आउने समस्याहरुको विकल्पका रूपमा अन्य ग्रन्थको पनि रचना गरेका थिए, जुन ग्रन्थमा के गर्ने र के नगर्ने भन्ने विषयको प्रस्ट रुपमा निर्णय गरिएको छ  । 

देवयोनि र पितृयोनि एउटा यस्तो योनि हो, जो टाढाबाट भनिएका कुराहरु सुन्ने टाढैबाट गरिएको पूजा ग्रहण गर्ने र टाढाबाटै गरिएको स्तुतिबाट पनि प्रसन्न हुन्छन् । देवता र पितृहरु सुगन्धित तथा भावबाट नै तृप्त हुन्छन् । जस्तै, मनुष्यको आहार अन्न भए जस्तै पितृहरुको आहार भनेको अन्नको सारतत्त्व हो । जसरी गौशालामा छुट्टिएर बसेको आमालाई बाच्छीले कुनै न कुनै प्रकारले खोजी गरेर भेटाउँछन् भने  मन्त्र, आहुति, द्रव्यहरुको पितृहरुले आफू निवास गरिरहेको स्थानमा कुनै न कुनै प्रकारले पुगेर ग्रहण गरिरहेका हुन्छन् ।

आफ्ना पितृहरुको तिथिअनुसार श्राद्ध गरेपछि पितृ प्रसन्न भएर परिवारमा उनीहरुको सन्तानको आयु वृद्धि भएर जान्छ भने धनधान्य सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । 

महर्षि याज्ञवल्क्यले आफ्नो याज्ञवल्क्य स्मृतिमा लेखेका छन्– पितृहरु श्राद्धबाटै तृप्त हुन्छन् र तृप्त आत्माले दिएको आशीर्वादले हाम्रो आयु, धन, विद्या, स्वर्ग, मोक्ष, राज्य एवं अन्य सबै सुखभोग गर्न पाउने कुरा उल्लेख गरेका छन् । श्राद्धचन्द्रिका नामक पुस्तकमा कर्मपुराणको मध्यभागबाट भनिएको छ– श्राद्धभन्दा ठूलो अरु कुनै पनि कुराहरुबाट नहुने उल्लेख गरिएको छ । त्यसैले हरेक मनुष्यले जसरी भए पनि श्राद्धको कर्म गर्नु नै पर्ने कुरा शास्त्रले अह्राएको छ । 

स्कन्दपुराणको नगरखण्डमा बताइएको छ कि– श्राद्धमा प्रयोग भएका कुनै पनि वस्तुहरु व्यर्थ नजाने भएकाले श्राद्ध अवश्य गर्नुपर्ने बताइएको छ । हाम्रो धर्मशास्त्रमा श्राद्ध सम्बन्धी कुराहरू यति धेरै विस्तारमा बताइएको छ कि श्राद्धमा गरिने सानो भन्दा सानो कुराको सूक्ष्म मीमांसा र समीक्षा गरिएको छ । श्राद्ध माता, पिता एवं अन्य पूर्वजहरुको निमित्त श्रद्धापूर्वक गरिने दान नै श्राद्ध हो । शास्त्रमा भनिएको पनि छ– 

देशे काले च पात्रे च श्रद्धया विधिना च यत् । 
पितृनुद्दिश्य विप्रेभ्यो दत्त श्राद्धमुदाहृतम् ।। 

शास्त्रअनुसार पिताको श्राद्ध पुत्रले नै गर्नुपर्ने बताइएको छ । यदि छोरा नभएको अवस्थामा पत्नीबाट पनि श्राद्ध गर्नुपर्ने नियम बताइएको छ । पत्नी नभएको अवस्थामा भाइ र यदि भाइको पनि अभाव भएमा जामाता (ज्वाइँ) पनि श्राद्धका अधिकारी हुन्छन् । आमाको श्राद्ध पिताको श्राद्धसँग नै गर्नुपर्ने हुन्छ । 

मत्स्यपुराणका अनुसार श्राद्ध गर्न सबैभन्दा राम्रो समय मध्याह्नकाललाई मानिन्छ । श्राद्ध गर्ने समयमा तीन कुरा अत्यन्त आवश्यक हुन्छन् । रीस, अपवित्रता र हतारलाई त्याग गरी शुद्धपवित्र भावना सहित श्राद्ध गर्नुपर्ने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

श्राद्धकर्ताले ताम्बुलभक्षण, तेलमालिस, उपवास तथा अन्यत्रबाट ल्याइएको अन्न पनि खान निषेध गरिएको छ । श्राद्धभोजन गर्ने व्यक्तिहरुले पनि दुईटक भोजन गर्नु नहुने र श्राद्धको दिन यात्राको लागि पनि वर्जित गरिएको छ ।

त्यसैगरी दान लिन, हवन गर्न, हिंसादि कर्ममा लिप्तता पनि शास्त्रनिषिद्ध गरिएका छ । श्राद्धमा प्रयोग गरिने अन्नको बारेमा पनि शास्त्रमा व्यापक रूपमा चर्चा गरिएको छ । श्राद्धको दिन कालो दाल, तील, जौ, सामा, चामल, दूध, मह, गौँ, चिनी, कपूर, अमला, कटहर, अनार, नरिवल, सुपारी, तुलसी, कागती, पीपल लगायतका वस्तुहरुको प्रयोग गर्नु अत्यन्त राम्रो हुने कुरा उल्लेख गरिएको छ । 
देवी पुराणका अनुसार सात्विक अन्न वा फलबाट पितृलाई तृप्त गराउनु पर्ने कुरा बताइएको छ । भनिएको पनि छ– श्राद्धका अवसरमा कदम, कबेडा, बेलपत्र, करवीर, रातो तथा कालो रंगका फूल एवं धेरै बस्ना आउने सबै फूलहरु श्राद्धमा वर्जित गरिएको छ ।

श्राद्धका लागि उपयुक्त मानिएको कमल, मालती, जुही, चम्पाका साथै बास्ना आउने सेतो फूलहरु तथा तुलसी या भृंगराजको प्रयोग गर्न हुने बताइएको छ । 

वैदिक परम्पराअनुसार श्राद्धका चार विधि वर्णन गरिएको छ । ती पिण्डदान, हवन, तर्पण, ब्रह्मण भोजन हुन् । यो नियम अनुसार सम्भव भएमा पिण्डदान र हवन गर्न सकिनेछ । यदि असम्भव अवस्थामा पिण्डदान पनि छाड्न सकिन्छ, तर तर्पण र ब्राह्मणभोजन गराउनु पर्ने हुन्छ । तर्पण र ब्राह्मणभोजनलाई मुख्य अंग मानिएको छ । 

पितृहरुको नाममा केही पनि गर्न नसक्नेले तिथि परेको दिनमा ब्राह्मण भोजन र दक्षिणादान मात्र गरे पनि पितृहरु तृप्त हुन्छन् भन्ने कुरा मार्कण्डेय पुराणमा बताइएको छ । कुनै पनि प्रकारको पितृकार्य नगर्नेहरुका लागि पितृहरुले लाचार भएर उक्त परिवारको रक्तपान गर्दछन् भन्ने कुरा पनि बताइएको छ ।

आश्विन कृष्ण पक्षको प्रतिपदादेखि औंसीसम्म ब्रह्माण्डको ऊर्जा तथा त्यो ऊर्जासँग पितृहरुको प्राण पृथ्वीमा व्याप्त हुन्छ । पितृपक्षमा पितृहरु श्राद्ध, तर्पण पाउने आशामा आप्mनो सम्बन्धित श्राद्धकर्ताको घरमा सूक्ष्म शरीरले घुमिरहन्छन् । तसर्थ १६, ११ दिन, ७ दिन, ५ दिन, ३ दिन अथवा १ दिन श्राद्ध तर्पण गर्ने विधान छ । शक्ति एवं परिस्थितिअनुसार १ दिन त अनिवार्य नै गर्नुपर्दछ । अन्यथा पितृहरु श्राद्धकर्ताको पुण्यहरण गरी दारुण नामको श्राप दिएर निरास हुँदै जान्छन् भन्ने कुरा निर्णयसिन्धुमा बताइएको छ ।

वृश्चिके मसतीक्रान्ते पितरौ देवतैः सह ।
निःश्वास्य प्रतिगच्छन्ति श्रापं दत्वा सुदारुणम् ।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय