आजबाट निर्माण व्यवसायी महासंघको साधारणसभा सुरु हुँदै, प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, फागुन २८ गते । आजबाट नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभा सुरु हुने भएको छ । साधारण सभामा देशभरबाट करिब ११ सय प्रतिनिधि र पाँच सय पर्यवेक्षक सहभागी हुनेछन् ।महासंघको २४ औं साधारणसभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको महासंघले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने साधारणसभामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि वितरण हुनेछ भने ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिनेछ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि