• Home
  • मौसम
  • आजको मौसमः बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव हुन सक्ने
Image

आजको मौसमः बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव हुन सक्ने

काठमाडौं, ५ असार । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रही देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ। कोशी  र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा  बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी , मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा देशको बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी , मधेश र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी  र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मेघगर्जन र चट्याङ्ग, बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Related Posts

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ४ हप्ता अगाडि

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव; हिमाली भेगमा हल्का हिमपातको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने जनाएको छ। यसका कारण पहाडी तथा…

ByByanjana soni ७ महिना अगाडि

चक्रवात ‘दित्वा’को प्रभाव: देशभर आंशिक बदली, यी प्रदेशमा मौसम सफा

मौसम पूर्वानुमान महाशाखाले हाल दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ (Ditwa) को आंशिक प्रभाव देशभर परिरहेको जनाएको छ।…

ByByanjana soni ८ महिना अगाडि

आजको मौसम तराइका हवाइ उडडयन प्रभावित हुने

काठमाडौं, २६ मंसीर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम…

ByByYOUTV Nepal २ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *