For Youtvnepal long gif
  • Home
  • समाचार
  • आजको मौसमः देशका धेरैजसो भु–भागमा वर्षाको सम्भावना
Image

आजको मौसमः देशका धेरैजसो भु–भागमा वर्षाको सम्भावना

काठमाडौं, १८ बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू–भागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती भने देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भू–भागका थोरै तथा तराईका एक९दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *