• Home
  • खेलकुद
  • आईसीसी विश्वकप लिग टूः पीएनजीविरुद्ध बलिङ गर्दे नेपाल
Image

आईसीसी विश्वकप लिग टूः पीएनजीविरुद्ध बलिङ गर्दे नेपाल

काठमाडौं, फागुन २९ गते । नेपालले आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा सुरुआतमा बलिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

टस जितेको नेपालले पीएनजीलाई सुरुआतमा ब्याटिङको निम्तो दिएको छ ।आईतबारको खेलमा टिममा रहेका गुलशन झा बाहिरिदा करण केसी टिममा रहेका छन् ।विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ।

नेपालले विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।नेपालले सात देश सम्मिलित विश्वकप लिग टूमा ३४ खेलमा १७ मा जित तथा १५ मा हार व्यहोरेको छ । नेपाल ३६ अंक जोडेर चौथो स्थानमा रहेको छ । पीएनजीले ३४ खेलमा ५ मा जित २८ मा हार व्यहोरेको छ । पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *