• Home
  • जनजाति
  • आइसा गर्ल्स कलेजमा युनिसेफ द्वारा शैक्षिक सामाग्री बितरण

आइसा गर्ल्स कलेजमा युनिसेफ द्वारा शैक्षिक सामाग्री बितरण


आइशा गर्ल्स कालेजमा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री वितरण

कपिलवस्तु, कृष्णनगर, कार्तिक ९

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजमा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री विद्यार्थी हरूलाई वितरण गरिएको छ
डा. मन्जुर खां को अध्यक्षता तथा प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा डा. सलमान खान,
राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां, शैख अब्दुल रशीद मदनी, शैख अबरार मक्की, अब्दुल अजिम मदनी अतिथि हरूमा राष्ट्रीय मदरसा संघ नेपालकाउपाध्यक्ष शैख जैश मक्की, सदस्य मोहम्मद मुस्लिम, सल्लाहकार अब्दुल अजिज, मौलाना अब्दुल नूर, डा. सइद, अब्दुल सत्तार, मौलाना एहसानुल्ला रहमानी लगायत रहनुभयो

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष ले मदरसाको सवालमा मदरसा बोर्ड गम्भीर रहेको बताउदै शैक्षिक सामाग्री ले विद्यार्थीको शैक्षिक विकासमा मद्त गर्ने बताए ।

कार्यक्रममा बोल्दै डा. सलमान खान ले लुम्बिनी प्रदेश मदरसा बोर्डले राम्रो काम गरिरहेको, हामी लाई यो कुरामा सोच्नु पर्नेछ कि मुस्लिम समुदाय शिक्षामा किन पछडिएको छ l

कार्यक्रम मा बोल्दै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी शैक्षिक सामाग्री प्रदान गरेको युनिसेफ लाई धन्यवाद दिदै विद्यार्थी हरू पढाईका साथ सथै व्यक्तिगत तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु पर्ने बताए l

कार्यक्रममा बोल्दै अबरार मक्कीले मदरसामा समेत शैक्षिक सामाग्री वितरण गरिएको कार्य सराहनीय रहेको बताउनुभयो l कार्यक्रममा बोल्दै
अब्दुल रशीद मदनीले म विगत ४८ बर्ष देखि मदरसामा शिक्षा दिइरहेको बताउदै यसबाट मुस्लिम समुदायको बाल बालिका हरू शिक्षा हासिल गरेर अगाडि बढून भन्ने भाव व्यक्त गरे ।

कार्यक्रममा समापन गर्दै अध्यक्ष डा.मन्जुर खां ले शैक्षिक सामाग्री दिने युनिसेफ लाई विशेष धन्यवाद दिदै कृष्णनगर नगरपालिका विद्यालय निरीक्षक बलराम पन्थी लाई समेत विशेष धन्यवाद दिदै अगामी दिनमा समेत सहयोग र सहकार्य ले निरन्तरता पाओस भन्ने भाव व्यक्त गरे ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ५ घण्टा अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni १ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *