• Home
  • Uncategorized
  • अवैध लागूऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरे
Image

अवैध लागूऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरे

काठमाडौं, १८ साउन 

कैलाली, बर्दिया, दाङ, बाँके, धनकुटा र झापाबाट अवैध लागूऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट प्रहरीले डोटी बडिकेदार गाउँपालिका–१ बस्ने २८ वर्षीय बसन्त मौनीलाई मंगलबार पक्राउ गरेको हो । उनको साथबाट करिब ३ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ । 

बर्दियाको गुलरिया नगरपालिका–१२ स्थित मनैया सामुदायिक वनबाट करिब ४९० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका सुर्जगौडी गाउँ बस्ने १९ वर्षीय राकेश श्रीबास्तव र ३० वर्षीय नुरुदिन गड्डी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

दाङको घोराही उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय अरुन पुन मगर समेत ४ जनालाई करिब ८ सय मिलिग्राम ब्राउनसुगरसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूले लागुऔषध बेचविखन गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाही क्वाडीबाट २७० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने २४ वर्षीय रन्जित भण्डारीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका–८ बाबानगरस्थित पालगन्जबाट करिब ५ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित सोही नगरपालिका–५ एनसीसीएन बस्ने २८ वर्षीय निर्मल सिंह ठकुरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

भे.११ प ७८१८ नम्बरको स्कुटरलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट करिब ८ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित कोहलपुर नगरपालिका–१० बस्ने २९ वर्षीय दिपेश परियार र सोही नगरपालिका–७ बस्ने २९ वर्षीय नारायण बुढाथापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदीबाट करिब ५ किलोग्राम गाँजासहित शहिदभूमि गाउँपालिका–७ बस्ने २६ वर्षीय प्रदिप राई र १७ वर्षीय किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

को.३९ प ६५६७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

झापाको अर्जुनधारा नगरपालिका–११ बुट्टाबारीबाट करिब एक ग्राम ब्राउनसुगरसहित सोही ठाउँ डेरा गरी बस्ने २५ वर्षीया आइसा गिरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

आइसाको डेरामा लागुऔषध राखेको भन्ने विशेष सूचनाको आधारमा अस्थाई प्रहरी चौकी सालवारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal ३ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ९ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *