• Home
  • समाचार
  • अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Image

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ


काठमाडौं, २१ कात्तिक । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित भित्री सडकबाट ३ सय केजी गाँजासहित दुई जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय मनिस दर्नाल र ३१ वर्षीय योगेन्द्र बजगाई रहेका छन् ।

प्रहरी चौकी मधुबनबाट खटिएको प्रहरीले बा.११ च ३०४२ नम्बरको बलेरो गाडी जाँच गर्ने क्रममा गाडीमा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी गाडी चालक मनिस र गाडीका सहचालक योगेन्द्रलाई पक्राउ गरेको हो । बाराको निजगढ नगरपालिका–१२ रामथलीबाट १० केजी गाँजासहित सोही नगरपालिका–१२ बस्ने ५८ वर्षीय प्रेम बहादुर लो लाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरबाट रतनपुरतर्फ काधमा गाँजा बोकी लैजाँदै गरेको अवस्थामा अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ लागूऔषध फाली भाग्न खोजे पश्चात उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–१० बस्ने २० वर्षीया प्रिती रानालाई ४ ग्राम ब्राउनसुगरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका–३ मायामेट्रो अस्पतालमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले फेला पारी जाँज गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारेको हो ।

नवलपरासी९पूर्व०को गैडाकोट नगरपालिका–२ बस्ने ४१ वर्षीय बिनोद सुनारलाई नियन्त्रित लागूऔषध डाईजेपाम २१ एम्पुल, नुफिन २० एम्पुल र फेनारगन १४ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नै घरमा लागूऔषध बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गैडाकोटबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका–८ हर्दियाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९५ एम्पुल, नुफिन ९८ एम्पुल र फेनारगन ९९ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका–९ बस्ने २१ वर्षीय अशोक खड्का र दोलखा शैलुङ गाउँपालिका–३ घ्याङसुकाठोकर बस्ने ३१ वर्षीय सम्राट कार्की रहेका छन् ।

इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ५७१४ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । सिरहाको मिर्चैया नगरपालिका–५ थाना चौकबाट करिव एक ग्राम ब्राउनसुगरसहित दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका–१० रतनपुर टोल बस्ने २६ वर्षीय रविन्द्र यादव र सोही नगरपालिका–४ मिर्चैया बजार बस्ने २० वर्षीय अनिस कुमार साह रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चेक पोईन्टबाट ६ ग्राम ब्राउनसुगरसहित दैलेख नौमुले गाउँपालिका–२ बबर सैनी बस्ने २५ वर्षीय रमेश सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको उनलाई मलद्वारभित्र लुकाई ल्याएको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

पर्साको वीरगन्ज महानगरपालिका–१६ रजन्तिचौकबाट दुई केजी गाँजासहित भारत बिहार राज्य घर बताउने ५५ वर्षीय बालक दासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वीरगन्जबाट रक्सौलतर्फ जाँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *