• Home
  • समाचार
  • अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ
Image

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ


काठमाडौं, भदौ ३० गते
रामेछाप, महोत्तरी, पर्सा र भक्तपुरबाट अवैध लागूऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–३ आँपचौर बस्ने ४९ वर्षीय नवराज खत्रीलाई २ केजी ५ सय ग्राम गाँजासहित बुधबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खाँडादेवीबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

महोत्तरीको जलेश्वर नगरपालिका–३ मलिबाराबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ हजार ४ सय ट्याब्लेटसहित सोही नगरपालिका–३ बस्ने ४८ वर्षीय ठेलुया मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ठेलुयाको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

पर्साको पर्सागढी नगरपालिका–२ बागवानाबाट १३ केजी ८ सय ग्राम चरेशसहित मकवानपुर मनहरी गाउँपालिका–८ बस्ने ४२ वर्षीया कल्पना मोक्तान लगायत ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जितपुरबाट मनवातर्फ आउँदै गरेको ना।२ ह ३१८६ नम्बरको अटोलाई अस्थाई प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।

पर्साको वीरगन्ज महानगरपालिका–१७ अलौबाट नियन्त्रित लागूऔषध फेनारगन २ सय ५० एम्पुल, डाईजेपाम २ सय ५० एम्पुल र नुर्फिन २ सय ५० एम्पुल सहित सोही महानगरपालिका–११ राघेमाई बस्ने ३७ वर्षीय पारस महतो लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एबी ५३११९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ जितपुरबाट ३ सय ग्राम गाँजासहित सोही नगरपालिका–७ बागेश्वरी बस्ने २४ वर्षीय सबिन जंग ढुंगाना लगायत २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बा।७७ प ३९७६ नम्बरको स्कुटरलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा लुकाई ल्याएको उक्त गाँजा सहित स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *