• Home
  • समाचार
  • अविरल वर्षाका कारण धानबाली डुमान परेपछि किसान चिन्चित
Image

अविरल वर्षाका कारण धानबाली डुमान परेपछि किसान चिन्चित

जनकपुरधाम कार्तिक २

देशभरमा अविरल वर्षाका कारण धानबाली डुमान परेको छन् । देशका विभिन्न स्थानमा काट्ने बेला भएको र काटेको धान निरन्तरको वर्षाका कारण डुबेका हुन् ।

विराटनगरस्थित कृषि विकास निर्देशनालयका अनुसार आइतबार बेलुकाको हावा पानी र सोमबार रातिबाट परेको अविरल वर्षाले धानखेतीलाई अधिक प्रभाव पारेको छ ।

निर्देशनालयका प्रमुख प्रकाश डाँगीका अनुसार रातिबाट परेको वर्षाबाट धानखेतीमा परेको क्षति बुझ्ने प्रयास भइरहेको छ ।

मोरङको सुनवर्षी नगरपालिकाका कृषि अधिकृत नरेशकुमार साहका अनुसार वर्षाले नगरपालिकामा करिब ४८ प्रतिशत धानखेतीमा क्षति पुगेको छ ।

साहका अनुसार यसपटक नगरपालिकामा करिब ६ हजार तीन सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । वर्षाले अधिकांश स्थानको धानबालीमा क्षति पुर्‍याएको छ ।

कृषकले कान्छी मन्सुली धान खेतमा काटेर राखेकाले बढी नोक्सान बनाएको छ । बासमती, रन्जित, डिबी ११ तथा सरना धान खेतमा लडेका छन् ।

सुनवर्षी(३ का कृषक केदार बस्नेतका अनुसार आइतबारको हावाले धान लडाएर पानीमा डुबाउँदा धेरै क्षति पुगेको छ । करिब तीन बिगाह क्षेत्रफलमा धान रोपाइँ गरेको बताएका बस्नेतले वर्षाका कारण ७५ प्रतिशत क्षति पुगेको बताए ।
प्रदेशमा ९८ दशमलव ५४ प्रतिशत धान रोपाइँ भएको थियो । निर्देशनालयका अनुसार १४ जिल्लामा तीन लाख ३६ हजार एक सय २२ दशमलब ९७ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो ।


उच्च पहाडी क्षेत्र अन्तर्गत ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बूमा यसपटक शतप्रतिशत २४ हजार एक सय १३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । त्यसैगरी मध्यपहाडी क्षेत्र अन्तर्गत इलाम, उदयपुर, ओखलढुङ्गा, पाँचथर, खोटाङमा पनि शतप्रतिशत रोपाइँ भएको थियो ।

तराईमा धान रोप्नका लागि दुई लाख २५ हजार आठ सय हेक्टर क्षेत्रफल रहे पनि दुई लाख २३ हजार आठ सय ६७ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । विगतको तुलनामा धानको उब्जनी बढी हुने आँकलन गरिए पनि वर्षाका कारण धानबालीमा ठूलो नोक्सानी पुगेको हो ।रासस

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *