• Home
  • ताजा समाचार
  • ‘अवतार २’ बन्यो छिटो १ अर्ब डलर कमाउने फिल्म, १४ दिनमै उपलब्धि हासिल
Image

‘अवतार २’ बन्यो छिटो १ अर्ब डलर कमाउने फिल्म, १४ दिनमै उपलब्धि हासिल

काठमाडौं  पुष १४

 ‘अवतार : द वे अफ वाटर’ले १४ दिनमा विश्वव्यापी एक अर्ब डलर (एक बिलियन) व्यापार गरेको छ, जुन यस वर्ष छिटो उक्त कोसेढुंगा पार गर्ने फिल्म समेत बनेको छ ।

वर्ष २०२२ मा रिलिज भएका तीन फिल्मले मात्र एक अर्ब डलरको आँकडा पार गर्न सकेका छन्, जसमा ‘टपगन : माभेरिक’ (३१ दिनमा), ‘जुरासिक वल्र्ड डोमिनियन’ले (चार महिना)मा उक्त सफलता हासिल गरे ।

सन् २०१९ मा रिलिज भएका नौ फिल्मले मात्र विश्व बक्स अफिसमा एक बिलियन डलर कमाइ गरेका थिए ।

सन् २०२१ को ‘स्पाइडरम्यान : नो वे होम’ले १२ दिनमै उक्त आँकडा हासिल गरेको थियो । हलिउड इतिहासमा जम्मा ६ फिल्मले मात्रै रिलिजको पहिलो दुई हप्तामा एक अर्ब डलर कमाइ गरेका छन् ।

१३ वर्षको लामो अन्तरालपछि रिलिज भएको जेम्स क्यामरुनको ‘अवतार २’ले उत्तरअमेरिकामा १३४ मिलियन डलर र विश्वव्यापी रूपमा ४३५ मिलियन डलरसहित मध्य डिसेम्बरमा ओपनिङ गरेको थियो ।

हालसम्म डिज्ने र ट्वेन्टिथ सेन्चुरी फक्सका फिल्मले उत्तरअमेरिकामा ३१७.१ मिलियन र विदेशमा ७१२.७ मिलियन डलर कमाएका छन्, जसको विश्वव्यापी कुल कमाइ १.०२५ बिलियन डलर पुग्छ ।

यस वर्ष दोस्रो धेरै कमाउने फिल्म चाहिं ‘जुरासिक वर्ल्ड डोमिनियन’ बन्यो, जुन कोरोना महामारीपछि तेस्रो धेरै कमाउने फिल्म बन्यो ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni २ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *