• Home
  • ताजा समाचार
  • ‘अवतार २’ बन्यो छिटो १ अर्ब डलर कमाउने फिल्म, १४ दिनमै उपलब्धि हासिल
Image

‘अवतार २’ बन्यो छिटो १ अर्ब डलर कमाउने फिल्म, १४ दिनमै उपलब्धि हासिल

काठमाडौं  पुष १४

 ‘अवतार : द वे अफ वाटर’ले १४ दिनमा विश्वव्यापी एक अर्ब डलर (एक बिलियन) व्यापार गरेको छ, जुन यस वर्ष छिटो उक्त कोसेढुंगा पार गर्ने फिल्म समेत बनेको छ ।

वर्ष २०२२ मा रिलिज भएका तीन फिल्मले मात्र एक अर्ब डलरको आँकडा पार गर्न सकेका छन्, जसमा ‘टपगन : माभेरिक’ (३१ दिनमा), ‘जुरासिक वल्र्ड डोमिनियन’ले (चार महिना)मा उक्त सफलता हासिल गरे ।

सन् २०१९ मा रिलिज भएका नौ फिल्मले मात्र विश्व बक्स अफिसमा एक बिलियन डलर कमाइ गरेका थिए ।

सन् २०२१ को ‘स्पाइडरम्यान : नो वे होम’ले १२ दिनमै उक्त आँकडा हासिल गरेको थियो । हलिउड इतिहासमा जम्मा ६ फिल्मले मात्रै रिलिजको पहिलो दुई हप्तामा एक अर्ब डलर कमाइ गरेका छन् ।

१३ वर्षको लामो अन्तरालपछि रिलिज भएको जेम्स क्यामरुनको ‘अवतार २’ले उत्तरअमेरिकामा १३४ मिलियन डलर र विश्वव्यापी रूपमा ४३५ मिलियन डलरसहित मध्य डिसेम्बरमा ओपनिङ गरेको थियो ।

हालसम्म डिज्ने र ट्वेन्टिथ सेन्चुरी फक्सका फिल्मले उत्तरअमेरिकामा ३१७.१ मिलियन र विदेशमा ७१२.७ मिलियन डलर कमाएका छन्, जसको विश्वव्यापी कुल कमाइ १.०२५ बिलियन डलर पुग्छ ।

यस वर्ष दोस्रो धेरै कमाउने फिल्म चाहिं ‘जुरासिक वर्ल्ड डोमिनियन’ बन्यो, जुन कोरोना महामारीपछि तेस्रो धेरै कमाउने फिल्म बन्यो ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *