For Youtvnepal long gif
  • Home
  • खेलकुद
  • अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा
Image

अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा

काठमाडौं, १५ मंसिर । अर्जेन्टिना र पोल्यान्ड कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा स्थान बनाएका छन् । बुधबार राति भएको खेलमा पोल्यान्डलाई २–० ले पराजित गर्दै अर्जेन्टिना समूह ‘सी’ को विजेता बनेको हो । पोल्यान्ड पराजित बाबजुद पनि उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनायो । 

दोहास्थित मैदान ९७४ मा अर्जेन्टिनालाई जिताउन ब्राइटनका एलेक्सिस म्याक एलिस्टर र म्यानचेस्टर सिटीका फरवार्ड जुलियन मार्टिनेजले समान एक एक गोल गरे । दुबै गोल दोस्रो हाफमा भएका थिए । पहिलो हाफको ३९औं मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टी चुकाएका थिए । 

खेलसँगै अर्जेन्टिनाले समुह ‘सी’ मा तीन खेलबाट ६ अंक जोडेको छ । पोल्यान्ड र मेक्सिकोको समान चार अंक भएपनि गोलअन्तरमा पोल्यान्ड उपविजेता बन्यो । साउदी अरेबिया भने तीन अंक सहित पुछारमा रह्यो । मेक्सिको र साउदीको समूह चरणसँगै प्रतियोगिताको यात्रा सकिएको छ । 

एकै समयमा भएको खेलमा मेक्सिकोले साउदीलाई २–१ अन्तरले पराजित गरेको हो । अन्तिम समयमा गोल बेहोर्दा मेक्सिको छनोट हुन सकेन । पहिलो खेलमा अर्जेन्टिनालाई २–१ अन्तरले पराजित गरेको साउदी बाँकी खेलमा पराजित हुँदा समूह चरणबाट माथि बढ्न सकेन । 

अब, प्रिक्वाटरफाइनलमा अर्जेन्टिनाले अस्ट्रेलिया र पोल्यान्डले फ्रान्सको सामना गर्नेछ । 
 

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ६ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ६ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *