Image

अरबाज खान र जर्जियाको ब्रेकअप

काठमाडौं, १४ मंसिर

बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज खान र उनकी मोडल तथा अभिनेत्री प्रेमिका जर्जिया एन्ड्रियानीको ब्रेकअप भएको छ । जर्जियाले हालै एक अन्तर्वार्तामा अरबाजसँगको सम्बन्ध राम्रो नरहेको खुलाउँदै उनलाई प्रेमीभन्दा पनि राम्रो साथीको रूपमा चिनाइन् ।

‘मेरो र अरबाजको विवाहको कुनै योजना छैन । लकडाउनपछि हाम्रो सम्बन्धमा पविर्तन आइसकेको छ । लकडाउनले हामीलाई सोच्न बाध्य बनायो । लकडाउनले मानिसलाई कि सँगै बनायो, कि त अलग्यायो’, उनले भनेकी छन् । जर्जियाको कुराले अरबाजका फ्यानले उनीहरुको ब्रेकअप भएको अड्कलबाजी गरेका छन् ।

अरबाज र जर्जिया विगत चार वर्षयता डेटमा थिए । उनीहरु प्रायः सँगै रहन्थे । उनीहरूबीच २२ वर्षको उमेर अन्तर छ । इटली घर भएकी जर्जियाले साउथ र बलिउड फिल्ममा काम गरिसकेकी छन् । उनी कैयौं म्युजिक भिडियोमा पनि देखिएकी छन् ।

अरबाजले सन् १९९८ मा मलाइका अरोडासँग विवाह गरेका थिए । उनीहरूको एक छोरा अरहान खान छन् । अरबाज र मलाइकाले सन् २०१७ मा डिभोर्स गरेका थिए । अरबाजसँगको डिभोर्सपछि मलाइका अभिनेता अर्जुन कपुरसँग प्रेममा छिन् । उनका छोरा अरहान खान बलिउडमा डेब्युको तयारीमा छन् ।


Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ५ दिन अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni १ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni १ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *