अमेरिकी डलरको भाउ सँगै युरो पनि घट्यो

1.2kViews
0 Shares


काठमाडौं, बैशाख १२ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको भाउ आज २९ पैसाले घटेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज घटेको हो। मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा कायम गरिएको छ । यसअघि सोमबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ५ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १० पैसाले घटेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ एक पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ६७ पैसा कायम गरिएको थियो।

आज बेलायती पाउण्ड स्टर्लिङ घटेको छ। यसको खरिददर १६२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३३ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३४ पैसाले घटेको हो । सोमबार यसको खरिदमूल्य १६२ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ६७ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आज अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ३९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ५९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा कायम गरिएको छ ।

यता, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । आज साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २ पैसा, र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६० पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा आज ४२६ रुपैयाँ ८५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८० पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ४६ पैसा तोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय