• Home
  • समाचार
  • अनुहारलाई चम्कीलो बनाउने घरेलु उपायहरु
Image

अनुहारलाई चम्कीलो बनाउने घरेलु उपायहरु


काठमाडौं, फागुन १८ गते ।राम्रो बन्न जो कोहिलाई पनि मन पर्छ । विशेषत छोरी मान्छे्हरु राम्री बन्न मन पराउछन् ।उमेर नपुग्दै अनुहारको छाला चाउरिन पुग्छ । जतिसुकै मिहिनेत गरे पनि कतिपयको अनुहार भनेजस्तो चम्किलो हुँदैन ।अनुहारको छाला चम्किलो र मुलायम बनाउन ब्युटिपार्लर धाउनेहरूको पनि कमी छैन । तर, केही महत्वपूर्ण कुराको ख्याल गर्ने हो भने अनुहारको छाला सधैँ चम्किलो हुन्छ, चाउरी पनि पर्दैन ।

मुसुरोको दाललाई मोटो धुलो सुक्खा पाउडरजस्तो बनाई डब्बामा राख्ने । यही मुसुरोको दालको पाउडरले अनुहार धोए छाला गोरो एवं सफा देखिन्छ । दालको पेस्टलाई कम्तीमा १० देखि १५ मिनेटसम्म राखेर धुनुपर्छ ।

चिल्लो छाला हुनेहरूले काँक्राको रस पूरै अनुहारमा लगाई १० मिनेटसम्म राख्ने र चिसो पानीले अनुहार सफा गर्ने । यसो गरेमा छालामा अनावश्यक चिल्लो आएर हैरान भएकाहरूका लागि एस्ट्रिजेन्टको काम गर्नुका साथै छाला कसिलो हुन्छ ।

अनुहारमा चिल्लो आएको तथा कालो दाग देखिएको छ भने गोलभेँडालाई लेदो बनाई पूरै अनुहारमा लगाउने, २० मिनेटपछि पानीले अनुहार सफा गरे चिल्लो छालालाई फाइदा हुनुका साथै दाग हटेर छाला सफा एवं सुन्दर देखिन्छ ।

महलाई प्राकृतिक मोस्चराइजर मानिन्छ । छाला सुक्खा छ भने सधैँ राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा फाइदा पुग्छ । महले छाला मुलायम एवं चम्किलो बनाउँछ ।

अनुहारको छालाको सौन्दर्य वृद्धिमा कागतीको भूमिका हुन्छ । कागतीको रस दिनहुँ चिल्लो छालामा लगाइयो भने छाला सफा, गोरो एवं बेदाग हुन्छ । छाला सुक्खा छ भने कागतीको रसमा थोरै तर मिसाई अनुहारमा लगाउनुपर्छ । यसो गर्दा छालाको फोहोर निस्कनुका साथै छाला नरम एवं मुलायम हुन्छ । कागतीमा प्राकृतिक ब्लिच भएका कारण यसको प्रयोग दिनहुँ गरे छाला गोरो एवं सफा देखिन्छ ।

दही छाला र केस दुवैका लागि अत्यन्त लाभकारी छ । सुक्खा, सामान्य र तैलीय छालाका लागि दही गुणकारी मानिन्छ । दुई चम्चा दहीमा थोरै मात्रामा बेसन मिसाएर अनुहारमा लगाई २० मिनेटपछि सफा गरे सुक्खा र सामान्य छाला सधैँ चम्किलो देखिन्छ । छाला चिल्लो छ भने दुई चम्चा दही लिने र त्यसमा एक चुट्की बेसार र एक चम्चा गहुँको चोकर मिसाई लेदो बनाएर पूरा अनुहारमा लगाउने र सुकेपछि चिसो पानीले अनुहार धुने, छाला गोरो, बेदाग र चम्किलो देखिन्छ । त्यस्तै गरी राति सुत्नुअघि दूध र दहीले मुख धुने हो भने छाला राम्रो हुन्छ ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *