• Home
  • ताजा समाचार
  • अनलाइनखबरकर्मी महतोमाथिको धम्कीप्रति पत्रकार महासंघको विरोध
Image

अनलाइनखबरकर्मी महतोमाथिको धम्कीप्रति पत्रकार महासंघको विरोध

१८ पुस, काठमाडौं । अनलाइनखबरकर्मी शैलेन्द्र महतो क्रान्तिलाई धनुषाको विदेह नगरपालिकाका प्रमुख बेचन दासले भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विरोध जनाएको छ ।

समाचार संकलनको लागि मधेश प्रदेश सभामा पुगेका पत्रकार महतोलाई समाचारको विषयलाई लिएर नगरप्रमुख दासले भौतिक कारबाही गर्ने धम्की दिएका थिए ।

आइतबार साँझ महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी प्रेस विरोधी कार्यमा संलग्न दासलाई कारबाहीको माग गरेका छन् ।

‘सार्वजनिक निकायका प्रमुखजस्तो जिम्मेवार व्यक्तिवाट पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो ।

महासंघ पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसिद बनाउने यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ’ विज्ञप्तिमा लेखिएको छ ‘प्रेसविरोधी कार्यमा संलग्न जो कोही भए पनि कानुनबमोजिम कारवाही गरी पत्रकारलाई निर्धक्क र सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग महासंघ माग गर्दछ ।’

गत पुस १५ गते नवनिर्वाचित मधेस प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण समारोहको समाचार संकलनका लागि मधेश प्रदेशसभा सचिवालय परिसर पुगेका पत्रकार महतोलाई प्रमुख दासले नगरपालिका आउनु ‘लात्तीले हानेर छातीको हाड भाँचिदिन्छु’, मैले नसके महिला र अन्य मान्छे लगाएर भाँच्छु भनेर धम्की दिएका छन् ।

उक्त घटनाको पत्रकार महासंघ धनुषा शाखा, प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले विरोध जनाएका छन् । आइतबार पत्रकार महासंघ धनुषा शाखाले मेयर दासलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा ज्ञापन पत्रसमेत बुझाएको छ ।

महासंघकी अध्यक्ष मनिका झाले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र कारबाही प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni ३ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *