• Home
  • ताजा समाचार
  • अनलाइनखबरकर्मी महतोमाथिको धम्कीप्रति पत्रकार महासंघको विरोध
Image

अनलाइनखबरकर्मी महतोमाथिको धम्कीप्रति पत्रकार महासंघको विरोध

१८ पुस, काठमाडौं । अनलाइनखबरकर्मी शैलेन्द्र महतो क्रान्तिलाई धनुषाको विदेह नगरपालिकाका प्रमुख बेचन दासले भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विरोध जनाएको छ ।

समाचार संकलनको लागि मधेश प्रदेश सभामा पुगेका पत्रकार महतोलाई समाचारको विषयलाई लिएर नगरप्रमुख दासले भौतिक कारबाही गर्ने धम्की दिएका थिए ।

आइतबार साँझ महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी प्रेस विरोधी कार्यमा संलग्न दासलाई कारबाहीको माग गरेका छन् ।

‘सार्वजनिक निकायका प्रमुखजस्तो जिम्मेवार व्यक्तिवाट पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो ।

महासंघ पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसिद बनाउने यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ’ विज्ञप्तिमा लेखिएको छ ‘प्रेसविरोधी कार्यमा संलग्न जो कोही भए पनि कानुनबमोजिम कारवाही गरी पत्रकारलाई निर्धक्क र सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग महासंघ माग गर्दछ ।’

गत पुस १५ गते नवनिर्वाचित मधेस प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण समारोहको समाचार संकलनका लागि मधेश प्रदेशसभा सचिवालय परिसर पुगेका पत्रकार महतोलाई प्रमुख दासले नगरपालिका आउनु ‘लात्तीले हानेर छातीको हाड भाँचिदिन्छु’, मैले नसके महिला र अन्य मान्छे लगाएर भाँच्छु भनेर धम्की दिएका छन् ।

उक्त घटनाको पत्रकार महासंघ धनुषा शाखा, प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले विरोध जनाएका छन् । आइतबार पत्रकार महासंघ धनुषा शाखाले मेयर दासलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा ज्ञापन पत्रसमेत बुझाएको छ ।

महासंघकी अध्यक्ष मनिका झाले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र कारबाही प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *