Trending

अदालतमा देखिएको विवाद समाधानका लागि आफूले उपाय खोजेर अघि बढने सभामुख सापकोटाको जिकिर

690Views
0 Shares

काठमाडौं । मंसिर १६ गते
संसदमा देखिएको गतिरोध र सर्वोच्च अदालतमा देखिएको विवाद समाधानका लागि आफूले उपाय खोजेर अघि बढने सभामुख अग्निप्रसाद सापकोटाले बताउनु भएको छ । स्पेनमा सम्पन्न आइपीयू को १४३ औं सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्किनु भएका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि कसरी अघि बढ्ने भन्ने विषयमा आफूले उपाय खोजिरहेको र त्यसै अनुसार अघि बढने बताउनु भएको छ । स्वदेश बाहिर रहँदा पनि राष्ट्रिय राजनीतिका बारेमा आफूले जानकारी लिइ नै रहेको भन्दै उहाँले स्वदेश फर्किसकेको र पहलकदमी लिने बताउनु भउको छ । लोकतन्त्रको चुनौती सबैलाई समेटेर लैजाने कुरा नै भएको उहाँको भनाइ छ।

अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा यही मंसिर ८ गते स्पेनको म्याड्रिड जानु भएको थियो । सम्मेलनलाई सभामुख सापकोटाले १२ गते सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय