• Home
  • Uncategorized
  • अदालतमा देखिएको विवाद समाधानका लागि आफूले उपाय खोजेर अघि बढने सभामुख सापकोटाको जिकिर
Image

अदालतमा देखिएको विवाद समाधानका लागि आफूले उपाय खोजेर अघि बढने सभामुख सापकोटाको जिकिर

काठमाडौं । मंसिर १६ गते
संसदमा देखिएको गतिरोध र सर्वोच्च अदालतमा देखिएको विवाद समाधानका लागि आफूले उपाय खोजेर अघि बढने सभामुख अग्निप्रसाद सापकोटाले बताउनु भएको छ । स्पेनमा सम्पन्न आइपीयू को १४३ औं सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्किनु भएका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि कसरी अघि बढ्ने भन्ने विषयमा आफूले उपाय खोजिरहेको र त्यसै अनुसार अघि बढने बताउनु भएको छ । स्वदेश बाहिर रहँदा पनि राष्ट्रिय राजनीतिका बारेमा आफूले जानकारी लिइ नै रहेको भन्दै उहाँले स्वदेश फर्किसकेको र पहलकदमी लिने बताउनु भउको छ । लोकतन्त्रको चुनौती सबैलाई समेटेर लैजाने कुरा नै भएको उहाँको भनाइ छ।

अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा यही मंसिर ८ गते स्पेनको म्याड्रिड जानु भएको थियो । सम्मेलनलाई सभामुख सापकोटाले १२ गते सम्बोधन गर्नु भएको थियो ।

Related Posts

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेस केन्द्रीय सदस्य जितेर पनि विनिताले पाइनन् प्रमाणपत्र

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित भए पनि विनिता खड्काले…

ByByanjana soni २ हप्ता अगाडि

एक वर्षदेखि बेपत्ता लखिन्द्रको पर्खाइमा परिवार, भेट्टाउनुहुनेले खबर गरिदिन अपिल

रौतहट, २६ असोज । रौतहटको कटहरिया नगरपालिका–९, डुमरियाका लखिन्द्र कुमार यादव करिब एक वर्षदेखि बेपत्ता छन्। लामो समय…

ByByanjana soni २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *