अख्तियार दुरुपयोगको दायरामा हुनुपर्ने व्यक्तिले चुनाव जित्दैनन्– नैनसिंह महर

1.2kViews
0 Shares

काठमाडौं, वैशाख ४ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा हुनुपर्ने व्यक्ति चुनाव लड्नु राम्रो नभएको बताएका छन्। चितवमा क्षेत्र नम्बर २ को चुनावी कोणसभामा बोल्दै नेता महरले राजनीतिमा शुद्धीकरणको नारा दिएर छोटो समयमै स्थापित भएका नयाँहरू दर्जनौँ काण्डमा मुछिकाले उनीहरूको नैतिकता धर्मराएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इङ्‍गित गर्दै उनले भने, उहाँले नयाँ अनुसारको ढोङ फुक्नु भएको थियो। जनतालाई भ्रमित पार्ने काम गर्नुभएको थियो। तर, एकपछि अर्को विवादित कुरा सार्वजनिक भएसँगै उहाँको भ्रमको मुकुन्डो उदाङ्‍गो भएको छ। जनतालाई लामो समय भ्रममा राख्ने उहाँहरूको सडयन्त्र विफल भएको छ।

नेपाली कांग्रेसको त्याग र संघर्षबाट प्राप्त लोकतन्त्रलाई धमिल्याउन खोज्नेहरूलाई जनताले समयमै चिनेर पाखा लगाउनुपर्ने महरले बताए।ुचितवनका जनता सचेत हुनुहुन्छ। उहाँ अब भ्रममा पर्नुहुने छैन। आसन्न उपनिर्वाचनमा बहुसङ्ख्यक जनताले कांग्रेसको पक्षमा मत जाहेर गर्ने छन्। नयाँ पार्टीप्रति जनतामा आशाको भ्रम पैदा भएकोमा त्यो दिनानुदिन हट्दै गएको छ। उहाँहरूको असली चरित्र बाहिरिँदा जनता सचेत बनिरहेका छन्, महरले भने।

जनतामा सुशासनको लोकप्रिय नारा लगाउँदै मत पाएर गएकाले चार महिनामै करोडौंको बार्गेनिङ गर्नुले उनीहरू कस्ता चरित्रका हुन् भन्ने प्रस्ट भएको महरले बताए। भ्रमको पर्दा उध्रिसकेको अवस्थामा जनता जागरूक नबने लोकतन्त्रलाई खतरामा पार्ने शक्तिहरू सलबलाउनेतर्फ उनले चिन्ता व्यक्त गरे।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो। उपनिर्वाचनमा कांग्रेसबाट पूर्वसभापति जीतनारायण श्रेष्ठ उम्मेदवार छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय