Trending

अखिल नेपाल पिछडा वर्ग(ओविसी) महासंघ पर्साको बिस्तारित बैठक आज सम्पन्न भएको छ ।

745Views
0 Shares

वीरगंज, पुस
अखिल नेपाल पिछडा वर्ग(ओविसी) महासंघ पर्साको बिस्तारित बैठक आज सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा सहईन्र्चाज राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । ओविसि पर्सा अध्यक्ष प्रमोद महतोको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गुप्ताले एमाले पार्टी शोषित वर्गको पार्टी भएको बताए । गुप्ताले मधेशको २२ वटा जिल्लामा संगठनलाई मजबुतका साथ बिस्तार गर्न आग्रह समेत गरे । उहाँले ओबिसीको प्लेटफर्म मार्फत समाजमा दविएर रहेका जातीको उत्थानमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा एमालेका केन्द्रिय सदस्य अरविन्द सिंह, ओविसीका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषादले धारणा राख्नुभएको थियो । कार्यक्रममा एमालेका पर्सा सचिव मनोज गुप्ता, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २का महासचिव श्याम बन्जारा, ओविसीका केन्द्रिय उपमहासचिव धनराज गुप्ता केन्द्रिय सदस्य प्रमोदराज पटेल, राजेश सहनी, सुनिल कुशवाहा, राजन साह कानु लगायतको उपस्थिती रहेको थियो । बैठकले प्रमोद महतोको अध्यक्षतामा ३१ सदसिय कमिटी बिस्तार गरेको छ । कमिटीको उपाध्यक्ष अरुण कुशवाहा ,सचिव भगवानलाल पटेल,सहसचिव संदिप महतो, कोषाध्यक्ष अतरेन्द्र पटेल, सदस्यहरु आकाश गुप्ता, भोला यादव, कृष्णा कुशावाहा, सुशिल दास, अकलेश शर्मा, भोला चौहान, अवनित रौनियार,रुपेश रौनियार लगायत रहेको प्रवक्ता राजकुमार साहले जानकारी दिनुभयो । त्यसैगरी बैठकले रामजी चौहानको संयोजकत्वमा चार सदसिय सल्लाहकार समिती गठन गरेको छ । समितीमा राजेश सिंह, महादेव शर्मा, उदयशंकर रौनियार लगायत रहेका छन । कार्यक्रमको सहजीकरण ओविसीका केन्द्रिय उपाध्यक्ष अकलेश साहले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय