For Youtvnepal long gif
Image

२१ न. वडामा सिलाइ कटाइ तालिम उद्घाटन

चैत्र/२ गते
सीप सिकौं,रोजगार गरौं भन्ने मुल नाराका साथ ४५दिने (९० घन्टे) सिलाइ कटाइ तालिम तालिम आज उद्घाटन भएको हो। बिरगंज महानगरपालिका २१ न. वडा कार्यालयको सहयोग र सरिता सीप कला केन्द्रको आयोजनामा दिप प्रज्वलन गरी समुद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष राधा कृष्णा रौनियारको आतिथ्यमा भएको थियो । वडाका युवती महिलाहरुलाई घरायसी कामकाजपछि रोजगारीको लागी सीप सिक्न आजको आबश्यकता भएकोले तालिम कक्षालाइ निरन्तरता दिदै पढ्न आग्रह गर्नु भएको थियो । वडा सचिव राजिब गिरीले सह्भागीहरुलाई सीप बिकास तथा क्षमता अभिबृद्धि बढाउदै सीप सिक्न निरन्तरता दिन तथा आयआर्जनमा समेत टेवा पुगोस भन्ने उद्देश्यका साथ उत्त तालिम आयोजना गरेकोले तालिमबाट सिकेका सीपलाइ ब्यवहारमा प्रयोग गर्न मन्तब्य ब्यत्त गर्नु भएको थियो।तालिम समुद्घाटन समारोहमा प्रशिक्षक माला रौनियार,सरिता गुप्ता ,कृष्ण कुशवाहा,राजन पटेल,कृष्ण दास,धर्मशिला कुशवाहा,बिन्दु श्रेस्ठ,रामाधेश कुशवाहा ,बंशीधर गुप्ता लगायत सरिता गुप्ताको अध्यक्षतामा ४० जना वडाका युवती महिला सहभागीहरुको उपस्थिती रहेको थियो।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *