• Home
  • ताजा समाचार
  • हस्ताक्षर भएको चार वर्षपछि एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन
Image

हस्ताक्षर भएको चार वर्षपछि एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन

काठमाडौं । फागुन १६ गते
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बारा पारित गर्ने निष्कर्षमा पुगेका नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० र नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० पार्टीभित्र असन्तुष्टि देखिएको छ ।एमसीसी व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्न पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति गरेका थिए । एमसीसी पारित गर्ने सहमतिसँगै दुवै दलको बसेको छुट्टाछुट्टै स्थायी कमिटी बैठकमा नेताले असन्तुष्टि व्यक्त गरेका छन् ।माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, रेखा शर्मालगायतका नेताले बैठकमा असन्तुष्टि पोखेका थिए । अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनमा व्याख्यात्मक घोषणासँगै एमसीसी संसद्बाट पारित गर्ने बैठकलाई जानकारी गराउनासाथ उनीहरूले आपत्ति जनाएका थिए ।

‘एमसीसी सम्झौता व्याख्यात्मक घोषणा गरेर स्वीकार गर्न नसकिँने र एमसीसी सम्झौतामा रहेका सर्त संशोधन नगरी व्याख्यात्मक घोषणा गरेर स्वीकार गर्नु पार्टी, देश र जनताको हितमा नभउको पोखरेलले बताएका छन् । माओवादी केन्द्र सुरुदेखि नै एमसीसी सम्झौताको विपक्षमा उभिँदै आएको थियो । एमसीसी सम्झौताका केही सर्त संशोधन नगरी यथास्थितिमै स्वीकार नगर्ने पक्षमा उभिएको माओवादी व्याख्यात्मक घोषणा गरेर स्वीरकार गर्ने निष्कर्षमा पुगेको थियो ।बैठकमा अध्यक्ष दाहालले आफूले व्याख्यात्मक घोषणा गरी एमसीसी संसद्बाट पारित गर्दा एमसीसी सचिवालयले त्यसलाई ग्रहण गर्नुपर्ने बताए ।

व्याख्यात्मक घोषणामा समेटिएका विषय स्वीकार नगरिए सोहीअनुसार अगाडि बढ्ने उनको भनाइ थियो ।यस्तै, एकीकृत समाजवादी पार्टीभित्र समेत असन्तुष्टि देखिएको छ । अध्यक्ष माधवकुमार नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न लागिएकाले नेपालको कानुनमाथि हुने बताए । तर, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, मेटमणि चौधरीलगायतका नेताले व्याख्यात्मक घोषणासहित एमसीसी स्वीकार गर्नु आपत्तिको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।व्याख्यात्मक घोषणापश्चात् एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको एकीकृत समाजवादीभित्र असन्तुष्ट नेतालाई मनाउन अध्यक्ष नेपाललाई हम्मेहम्मे परेको थियो ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *