सुतिरहेकै अवस्थामा दुर्गा प्रसाईं पक्राउ: हिंसा भड्काउने तयारीको आशङ्का
By anjana soni
५ महिना अगाडि
Comments: 0
काठमाडौं । राजावादी गतिविधि र हिंसा भड्काउन सक्ने तयारीमा लागेको आशङ्कामा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार मध्य राति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोली रातारात प्रसाईंको घर पुगेको थियो र उनलाई सुतिसकेको अवस्थामै नियन्त्रणमा लिएको बुझिएको छ।
प्रहरीका अनुसार प्रसाईंले अराजक गतिविधि गर्न सक्ने अभिव्यक्ति दिएको र हिंसा उक्साउने व्यवहार देखाएकाले उनलाई नियन्त्रणमा लिइएको हो।
“अराजक गतिविधि गर्न सक्ने अभिव्यक्ति र हिंसा उक्साउने व्यवहार देखिएकाले उनलाई नियन्त्रणमा लिइएको हो,” एक प्रहरी अधिकृतले फरकधारलाई बताए। प्रहरी टोली घर भित्रै प्रवेश गरी आवश्यक प्रक्रिया पूरा गरेपछि प्रसाईंलाई काठमाडौं ल्याइएको थियो।
पक्राउ पर्नुअघि प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए। उनको यही तयारीले मुलुकमा हिंसा भड्किन सक्ने जोखिम बढेको विश्लेषण गर्दै प्रहरीले उनलाई पक्राउ गरेको बुझिएको छ।
प्रसाईंको पक्राउपछि कुनै अप्रिय घटना नहोस् भनेर काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाइएको छ। प्रहरी प्रधान कार्यालयले मातहतका सबै युनिटलाई राति नै सर्कुलर जारी गरी सतर्क रहन निर्देशन दिएको छ।
प्रसाईंलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौं मा राखिएको छ।
यसअघि चैत १५ को हिंसात्मक प्रदर्शनपछि पनि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि