• Home
  • ताजा समाचार
  • सुजय योङको कथा र निर्देशन रहेको ‘साहु बा’को टिजर सार्वजनिक
Image

सुजय योङको कथा र निर्देशन रहेको ‘साहु बा’को टिजर सार्वजनिक

काठमाडौं । बहुचर्चित वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो वेब सिरिजको टिजर सार्वजनिक गरिएको हो । चाँडै एपी वान टेलिभिजन र म्युजिक नेपालद्धारा सञ्चालित ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा रिलिज हुनेछ ।

यो सिरिजमा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायत ३५० भन्दाबढी कलाकारको अभिनय रहेको निर्माण पक्षले जनाएको छ ।नेपालमा नै पहिलो पटक मंहगो बजेटमा निर्माण गरिएको यो सिरिजको लागि अभिनेत्री प्रियंका कार्कीले सिरिजको लागि आफुले तीन वर्षभन्दा बढि समय दिएको बताउँछिन् ।
फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिजलाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिस तामाङसँग मिलेर खिचेका हुन् । २४ एपिसोड निर्माण गरिएको सिरिजको हरेक एपिसोड १ घण्टा लामो रहेको छ । नेपालमा ठुलो बजेटमा पूर्ण रुपमा पहिलो पटक वेब सिरिज निर्माण गरिएको निर्माण कम्पनीले जानकारी दिएको छ ।
नेपाल तथा भारतमा समेत चर्चित सुजय योङले निर्देशन रहेको सिरिज उनको नेपाली डेव्यु सिरिज समेत हो । यो सिरिजको
कथा, पटकथा तथा संवाद पनि निर्देशक योङले नै लेखेका हुन् । उनले लकडाउनको बेला यो सिरिजको स्कृप्ट तयार पारेका थिए । ‘नेपालमा आफ्नो पहिलो प्रयास भएकाले यो सिरिजलाई दर्शकले मन पराउने विश्वास उनको छ । यो एकदमै भिन्न कथा होइन् तर भिन्न तरीकाले देखाउने प्रयास गरेका छौं’, निर्देशक योङले भने ।
साहु बाले प्रेम, विश्वासघात प्रतिसोधको कथा उठाएको छ । निर्माण टिमले यो सिरिजलाई एक्सन तथा क्राइम जनरामा निर्माण गरिएको बताएको छ । सिरिजमा प्रेम लामा र राजु तामाङको एक्सन, कुनाल कुँवरको कलर, सागर आले, मिस्टर डी र उजन शाक्यको गायन, श्रीजना पौडेलको मेकअप र राम प्रसाद चौधरी र चन्दन दत्तको सम्पादन रहेको छ ।

Related Posts

स्वदेशी उत्पादन बढाउनेदेखि आयात घटाउनेसम्म: कृषि र उद्योग मन्त्रालयबीच महत्वपूर्ण छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीबीच कृषि तथा…

ByByanjana soni २ दिन अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni ५ दिन अगाडि

सगुन धाख्वा नेपालका लागि International Youth Exchange Camp Chairperson को भूमिकामा

८ देशका १४ युवा सहभागी अन्तर्राष्ट्रिय युवा आदान–प्रदान क्याम्प सुरु काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको…

ByByanjana soni २ हप्ता अगाडि

राष्ट्रिय–अन्तर्राष्ट्रिय अतिथिको सहभागिता : International Youth Exchange Camp Nepal 2026 मा लायन्स ३२५ पीको ऐतिहासिक सुरुवात

  काठमाडौं, २६ भदौ २०८३— लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजनामा **‘International Youth Exchange Camp Nepal 2026’**…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *