For Youtvnepal long gif
  • Home
  • प्रदेश नं २
  • सिके राउत दलका ६२ कार्यकर्ता मध्ये ४५ जना छुटे, १७ जनामाथि कारबाही चलाउने तयारी
Image

सिके राउत दलका ६२ कार्यकर्ता मध्ये ४५ जना छुटे, १७ जनामाथि कारबाही चलाउने तयारी

कार्तिक ५ गते

जनकपुरधाम :  खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाईकालोमसो र अर्धनग्न गरेर नगर बजार घुमाउने जनमत पार्टीका १७ जना नेताकार्यकर्तालाई प्रहरीले कारबाहीका लागि नियन्त्रणमा राखेका छन् ।

दिउँसो प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि धर्ना तथा प्रदर्शन गर्ने क्रममा साँझ पुनः ५२ जना जनमतका नेताकार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।

प्रहरीले नियन्त्रणमा लिएका ६२ जना मध्ये ४५ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले राति साढे ८ बजे छाडेको जनाएको छ । तर, उनीहरु बाँकी सहकर्मीलाई समेत रिहाइका माग गर्दै अहिले पनि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।

१७ जनामाथि कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।

पक्राउ परेका नेताकार्यकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीले भोलि शुक्रबार वृहत संख्यामा जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने घोषणा गरेको छ ।

जनमत पार्टीका नेताकार्यकर्ताले बिहीबार साँझ जनकपुरमा मसाल जुलुस समेत प्रदर्शन गरेका छन् ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *