For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • सर्वदलीय बैठकबारे पार्टीलाई जानकारी नै नभएको एमाले उपमहासचिव रिमालको तर्क
Image

सर्वदलीय बैठकबारे पार्टीलाई जानकारी नै नभएको एमाले उपमहासचिव रिमालको तर्क

काठमाडौं । माघ ८ गते
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको भनिएको सर्वदलीय बैठकबारे पार्टीलाई जानकारी नै नभएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपमहासचिव विष्णु रिमालले बताउनु भएको छ । बैठकबारे अहिलेसम्म पनि प्रमको सचिवालयबाट हाम्रो पार्टीलाई कुनै सूचना नआएको रिमालले जानकारी दिनु भएको छ ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक अहिले ९ बजे बालुवाटारमा बस्दैछ । शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेस सभापतिसमेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरूसँग छलफल गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले समसामयिक विषयमा भोलि पत्रकार सम्मेलन गर्दैछन् । प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचनलगायतका विषयमा भोलि पत्रकार सम्मेलनमार्फत् एमालेले आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *