सरकारले राख्यो २२ वटा कम्पनीलाई कालोसूचीमा

635Views
0 Shares

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम समयमै कार्य सम्पन्न नगर्ने विभिन्न २२ वटा निर्माण कम्पनीलाई छ महिना देखि ३ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा सहभागी हुन नपाउने गरी कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा चारवटा कम्पानी तीन वर्षका लागि,चारवटालाई दुई वर्ष, पाँचवटालाई डेढ वर्ष,एउटालाई साढे दुई वर्ष र बाँकी आठवटा कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

सोमबार एक सूचना प्रकाशित गर्दै आजकै मितिदेखि लागु हुनेगरी ति २२ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । कालोसूचीमा राखिएको अवधिभर उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
15°
Sunny
6:57 am6:08 pm +0545
Feels like: 15°C
Wind: 3km/h W
Humidity: 80%
Pressure: 1013.21mbar
UV index: 2
10 am11 am12 pm1 pm2 pm
20°C
24°C
27°C
28°C
28°C
ThuFriSatSunMon
26°C / 9°C
26°C / 9°C
26°C / 10°C
27°C / 12°C
28°C / 11°C

प्रिय न्युज


लोकप्रिय