For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • सत्तासीन दलहरूले एमसीसीलाई ठगी खाने भाँडो बनाएको एमालेका अध्यक्ष ओलीको आरोप
Image

सत्तासीन दलहरूले एमसीसीलाई ठगी खाने भाँडो बनाएको एमालेका अध्यक्ष ओलीको आरोप

काठमाडौं । फागुन ८ गते
सत्तासीन दलहरूले एमसीसीलाई ठगी खाने भाँडो बनाएको नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाउनु भएको छ । सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो । उहाँले ५ वर्षअघि अहिले सरकारमा बस्नेले नै एमसीसी सम्झौता गरेको तर अहिले संसद्मा पुर्याउनुको साटो बाहिर बुरुकबुरुक उफ्रने गरेको टिप्पणी गर्नुभयो ।

उहाँले एमसीसीको सम्झौतापछि चुनावबाट एमालेको सरकार बनेको बेलामा एमालेलाई सरकारबाट हटाएपछि पास गर्छौं भनेर अहिलेका सत्ता गठबन्धन दलहरूले पारित गर्न नदिई पर सार्दै गएको आरोप पनि लगाउनुभयो । ओलीले सरकारले एमसीसीबारे निर्णय गर्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध नै बिग्रिएको टिप्पणी गर्दै उहाँले एमसीसी विवादका कारण ठूला शक्ति राष्ट्रहरू नेपाल खेल मैदान हुने गरी भनाभनमा उत्रिन थालेको बताउनु भउको छ । कार्यक्रममा उहाँले अहिलेको सत्तारूढ गठबन्धनको आयु बढीमा एक वर्ष रहेको टिप्पणी गर्दै अब एक वर्षभित्र संघीय संसद्को चुनाव हुने र चुनावपछि एमालेले वर्तमान सरकारलाई विस्थापित गर्ने दाबी गर्नुभयो ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *