Image

सगुन धाख्वा नेपालका लागि International Youth Exchange Camp Chairperson को भूमिकामा

८ देशका १४ युवा सहभागी अन्तर्राष्ट्रिय युवा आदान–प्रदान क्याम्प सुरु

काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजनामा International Youth Exchange Camp Nepal 2026 सुरु भएको छ। काठमाडौंस्थित होटल रोयल एयरपोर्टमा आयोजित उद्घाटन कार्यक्रममा विभिन्न देशबाट आएका युवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

क्याम्पमा ८ देशका १४ जना युवा सहभागी भएका छन्। नेपालसहित विभिन्न देशका युवाबीच संस्कृति, अनुभव, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय सम्बन्ध आदान–प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सगुन धाख्वा International Youth Exchange Camp Chairperson को भूमिकामा रहेका छन्। उनको नेतृत्व तथा समन्वयमा नेपालमा सहभागी विदेशी युवा प्रतिनिधिहरूलाई नेपाली संस्कृति, पर्यटन, सामाजिक गतिविधि तथा लायन्सको सेवामूलक अभियानसँग परिचित गराउने कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।

क्याम्पका क्रममा सहभागी युवाहरूले नेपालका विभिन्न सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै स्थानीय संस्कृति, कला, परम्परा र नेपाली समाजबारे प्रत्यक्ष अनुभव हासिल गर्नेछन्।

लायन्स इन्टरनेशनलको युवा आदान–प्रदान कार्यक्रमले विभिन्न देशका युवाबीच मित्रता, सांस्कृतिक समझदारी र नेतृत्व क्षमताको विकासमा सहयोग पुर्‍याउँदै आएको आयोजकको भनाइ छ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni १ हप्ता अगाडि

पोपको सफल शल्यक्रिया: फोक्सोको क्यान्सर पुष्टि

पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर पुष्टि, शल्यक्रिया सफल भ्याटिकन सिटी, २८ असोज । पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर…

ByByanjana soni १ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *