For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • संविधानको मर्म र भावना अनुसार लोकतन्त्रको उन्नत अभ्यास गर्नुपर्ने सभामुख सापकोटाको भनाई
Image

संविधानको मर्म र भावना अनुसार लोकतन्त्रको उन्नत अभ्यास गर्नुपर्ने सभामुख सापकोटाको भनाई

काठमाडौं । फगुन ७ गते
संविधानको मर्म र भावना अनुसार लोकतन्त्रको उन्नत अभ्यास गर्नुपर्ने सभामुख अग्निप्रसाद सापकोटाले बताउनु भउको छ । आज प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै यस्तो बताउनु भएको हो । उहाँले यस महत्वपूर्ण अवसरमा संविधानको मर्म र भावना अनुसार अघि बढ्न एवं लोकतन्त्रको उन्नत अभ्यासका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्नु भएको छ ।

देशमा लोकतन्त्रको प्राप्तिका लागि भएका संघर्षमा योगदान गर्ने सबैको सम्झना सभामुख सापकोटाले गर्नु भएको छ । देशमा लोकतन्त्र प्राप्ति एवं राष्ट्रियताको संवद्र्धनका लागि विभिन्न समयमा भएका संघर्षहरुमा जीवन आहुति दिनु भएका सम्पूर्ण महान् सहिदहरुप्रति स–सम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

सापकोटाको सन्देशमा लोकतन्त्र प्राप्तिका लागि भएका सबैखाले संघर्षका क्रममा घाइते, अपाङ्ग हुनुभएका र तत्कालीन राज्यबाट बेपत्ता पारिनुभएका सम्पूर्ण योद्धाहरुको अमूल्य योगदानकोे स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गरिएको छ । सापकोटाले सात दशक यताका सबैखाले संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरुको साँचो अर्थमा कार्यान्वयनको चरणमा पुगेको जिकिर गर्नु भउको छ ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *