• Home
  • ताजा समाचार
  • श्रम सम्झौता गरेर मात्रै अधिकांश देशमा रोजगारीमा पठाउन जोड दिइएको श्रममन्त्री श्रेष्ठको कथन
Image

श्रम सम्झौता गरेर मात्रै अधिकांश देशमा रोजगारीमा पठाउन जोड दिइएको श्रममन्त्री श्रेष्ठको कथन

काठमाडौं । पुष ६ गते

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने दक्ष जनशक्ति पलायन रोक्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने बताउनु भएको छ । श्रममन्त्री श्रेष्ठले मन्त्रालयले स्वदेशमै रोजगारी सृजना गर्नुका साथै वैदेशिक रोजगारीका नाममा हुने ठगी र बिचौलियालाई निरुत्साहित हुने गरी काम गररहेको जानकारी दिनु भएको छ ।

दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने गरेका ठगी धन्दाको अन्त्य गरिने प्रतिवद्धतासमेत व्यक्त गर्नु भएको छ । विचौलियालाई कानुनी कठघरामा उभ्याइने श्रममन्त्री श्रेष्ठको भनाई छ । वैदेशिक रोजगारका नाममा ठगी गर्ने कतिपय म्यानपावर कम्पनीलाई कारबाही गर्न थालिएको मन्त्री श्रेष्ठले जानकारी दिनु भएको छ ।

उहाँले श्रम स्वीकृति लिने व्यवस्था सातवटै प्रदेशबाट गरिएको र सातवटै प्रदेशमा सामाजिक सुरक्षा कोष स्थापना गरिएको जानकारी दिनु भएको छ । श्रम सम्झौता गरेर मात्रै अधिकांश देशमा रोजगारीमा पठाउन जोड दिइएको मन्त्री श्रेष्ठको भनाई ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *