• Home
  • समाचार
  • वीरगञ्जमा लायन्स क्लब परिवारद्वारा मास्टर अफ सेरेमोनि तालिम सम्पन्न
Image

वीरगञ्जमा लायन्स क्लब परिवारद्वारा मास्टर अफ सेरेमोनि तालिम सम्पन्न

वीरगञ्ज – लायन्स क्लब अफ वीरगञ्ज परिवारले एरिया–३ का सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित मास्टर अफ सेरेमोनि तालिमको पहिलो दिन सफलता पूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन नरोत्तम पाण्डेले गर्नुभयो भने प्रमुख अतिथि 1st VDG लायन राम बिहारी पाण्डे हुनुहुन्थ्यो। प्रशिक्षण डिस्ट्रीकका एक्जिक्युटिभ चिफ लायन वासु तिमल्सिना र मनोज उपाध्यायले सहभागी सदस्यहरूलाई तालिम प्रदान गर्नुभयो।

वक्ताहरूले मास्टर अफ सेरेमोनि कुनै पनि कार्यक्रमको “हृदय” हुने भन्दै, भाषा प्रयोग, प्रस्तुतीकरण शैली, अनुशासन र समय व्यवस्थापनलाई प्रभावकारी बनाउन तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

तालिममा एरिया चिफ लायन रामेश्वर गुप्ता, रिजन चेयरपर्सन लायन सन्दिप गुप्ता तथा सञ्चालक लायन दिगम्बर थापाको विशेष उपस्थिति थियो। कार्यक्रममा क्लबका १५ जना सदस्यहरूले सक्रिय सहभागिता जनाएका थिए।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *