• Home
  • समाचार
  • वीरगञ्जका नागरिकद्वारा प्रहरी निरीक्षक चौलागाईंलाई विशेष सम्मान
Image

वीरगञ्जका नागरिकद्वारा प्रहरी निरीक्षक चौलागाईंलाई विशेष सम्मान

वीरगञ्ज— वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंलाई शान्ति सुरक्षाको क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप एक विशेष नागरिक कार्यक्रममा सम्मान गरिएको छ।

विर्ता चोकमा आयोजित कार्यक्रममा नागरिक समाज, स्थानीय निकायका प्रतिनिधि तथा विभिन्न संघसंस्थाको संयुक्त पहलमा चौलागाईंलाई नागरिक अभिनन्दनपत्र, दोसल्ला ओढाइ तथा माला लगाएर सम्मान गरिएको हो।

विर्ता क्षेत्रमा शान्ति, सुरक्षा तथा अमन–चयन कायम राख्न प्रभावकारी भूमिका निर्वाह गरेका चौलागाईंको सेवाभाव र कार्यसम्पादनको खुलेर प्रशंसा गर्दै समाजसेवी तेज शमशेर जबरा, खेलप्रेमी तथा विद्यार्थीहरूले उनीप्रति कृतज्ञता व्यक्त गरेका थिए।

१३ महिनासम्म वडा प्रहरी प्रमुखको रूपमा सेवा दिएका चौलागाईं हालै प्रहरी प्रधान कार्यालय अन्तर्गतको अपराध अनुसन्धान महाशाखामा सरुवा भएका छन्। आइतबार उनी वीरगञ्जबाट नयाँ कार्यस्थलतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

समारोहका सहभागीहरूले चौलागाईंको इमान्दारिता, समर्पण र नेतृत्व क्षमताको सराहना गर्दै उनको भावी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ६ दिन अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *