• Home
  • समाचार
  • वीरगंजमा लामखुट्टे नियन्त्रण अभियान सुरु, ‘पम्प स्प्रे’ मार्फत विषादी छर्किँदै
Image

वीरगंजमा लामखुट्टे नियन्त्रण अभियान सुरु, ‘पम्प स्प्रे’ मार्फत विषादी छर्किँदै

वीरगंज – वीरगंज महानगरपालिकाले लामखुट्टेको बढ्दो प्रकोप नियन्त्रण गर्न ‘पम्प स्प्रे’ मार्फत विषादी छर्ने अभियान सुरु गरेको छ। महानगर प्रमुख राजेशमान सिंहले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु र मलेरिया जस्ता रोगको संक्रमण फैलिन नदिन अभियान सञ्चालन गरिएको बताएका छन्।

चिसो मौसम अन्त्य हुँदै गर्मी सुरु भएसँगै लामखुट्टेको संख्या बढ्न थालेपछि नियन्त्रणात्मक उपायस्वरूप विषादी छर्ने कार्य अघि बढाइएको प्रमुख सिंहको भनाइ छ। उनले नगरवासीलाई सरसफाइमा ध्यान दिन तथा पानी जम्न नदिने सावधानी अपनाउनसमेत आग्रह गरेका छन्।

बिहीबारदेखि सुरु भएको अभियानअन्तर्गत दोस्रो दिन घण्टाघरदेखि पावरहाउस चोकसम्मको मुख्य नाला तथा पानी जमेको खाली स्थानहरूमा विषादी छर्किने कार्य केन्द्रित गरिएको थियो। महानगर प्रमुखको निर्देशनमा बिहान १० बजेदेखि पम्पमा विषादीयुक्त घोल तयार गरी नाला तथा पानी जम्ने स्थानहरूमा छर्किने कार्य भइरहेको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सरफुदिन मियाले जानकारी दिए।

महानगरका अनुसार ३२ वटै वडामा दैनिक रूपमा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने कार्य सञ्चालन भइरहेको छ। वीरगंजमा चिसो र गर्मी दुवै मौसममा लामखुट्टेको अत्यधिक प्रकोप देखिने भएकाले महानगरले वर्षमा दुईपटक नियमित रूपमा विषादी छर्ने कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

महानगरले अभियानलाई प्रभावकारी बनाउन नगरवासीलाई घर वरपर पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने र रोगका लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ६ दिन अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *