• Home
  • समाचार
  • वीरगंजमा ‘कन्टिन्युएस डेनटल एजुकेसन’ कार्यक्रम सम्पन्न, एक सयभन्दा बढी दन्त चिकित्सकको सहभागिता
Image

वीरगंजमा ‘कन्टिन्युएस डेनटल एजुकेसन’ कार्यक्रम सम्पन्न, एक सयभन्दा बढी दन्त चिकित्सकको सहभागिता

वीरगंज — नेपाल डेनटल एसोसिएसन पर्सा शाखाको आयोजनामा दन्त चिकित्सकहरूका लागि निरन्तर शिक्षा र मौखिक स्वास्थ्य जाँगरूकता अभिवृद्धि गर्ने उद्देश्यले ‘कन्टिन्युएस डेनटल एजुकेसन (सीडीई)’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल डेनटल एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. अजय साहले दन्त चिकित्सा क्षेत्रमा निरन्तर सिकाइ, अनुसन्धान र आधुनिक प्रविधिको प्रयोग अत्यावश्यक रहेको बताए। उनले मौखिक स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य नीतिको अभिन्न अंगका रूपमा समेटिनुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले दन्त चिकित्सकबीच ज्ञान आदान–प्रदान र व्यावसायिक एकता मजबुत बनाउने उल्लेख गरे।

कार्यक्रममा विशेष अतिथि बङ्गलादेशका प्रख्यात दन्त विशेषज्ञ प्रा. डा. मुस्ताक एच. सत्तार र नेपालका चर्चित मुख तथा दन्त इम्प्लान्ट विशेषज्ञ डा. सीमान्त लामिछानेले मुख्य प्रस्तुति दिएका थिए।
प्रा. डा. सत्तारले आधुनिक डेन्टल इम्प्लान्ट प्रणाली, बोन ग्राफ्टिङ तथा ओरल रिह्याबिलिटेसनका नयाँ विधिबारे विस्तृत प्रस्तुति दिए।
त्यस्तै डा. लामिछानेले जटिल ओरल सर्जरी, ट्रमा म्यानेजमेन्ट र मौखिक क्यान्सरको प्रारम्भिक निदानसम्बन्धी महत्वपूर्ण विषयमा उपयोगी ज्ञान साझा गरे। सहभागीहरूको भनाइअनुसार दुवै प्रस्तुति अत्यन्त प्रेरणादायी र व्यावहारिक रहे।

नेपाल डेनटल एसोसिएसन पर्साका प्रवक्ता डा. आमिर आलमले कार्यक्रमले दन्त चिकित्सकहरूको सीप अभिवृद्धिमा मद्दत पुर्‍याउने र समुदायमा मौखिक स्वास्थ्यप्रति जागरूकता फैलाउने मुख्य उद्देश्य रहेको बताए।

त्यस्तै कार्यक्रम अध्यक्ष डा. धनञ्जय कुमार मालीका अनुसार वीरगंज र आसपासका क्षेत्रका साथै पर्सा, बारा र रौतहटका एक सयभन्दा बढी दन्त चिकित्सकहरूको उत्साहजनक सहभागिता रहेको छ।

सहभागी दन्त चिकित्सकहरूले यस्ता शैक्षिक सत्रले आफ्नो दैनिक अभ्यासमा नवीनतम प्रविधि अपनाउन प्रेरणा मिल्ने र बिरामीलाई अझ गुणस्तरीय सेवा दिन सहयोग पुग्ने प्रतिक्रिया जनाए।
नेपाल डेनटल एसोसिएसन पर्सा शाखाले आगामी दिनमा पनि यस्ता निरन्तर शिक्षा कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *