• Home
  • समाचार
  • र्सामा एक महिनामै अपराध नियन्त्रणमा महत्वपूर्ण सफलता, प्रहरीको प्रतिवेदन सार्वजनिक
Image

र्सामा एक महिनामै अपराध नियन्त्रणमा महत्वपूर्ण सफलता, प्रहरीको प्रतिवेदन सार्वजनिक

वीरगंज – पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकको नेतृत्व आएपछि एक महिनाको अवधिमै अपराध नियन्त्रण, अवैध गतिविधि रोकथाम र सीमाक्षेत्र निगरानीमा उल्लेखनीय प्रगति भएको पर्सा प्रहरीले कार्यसम्पादन प्रतिवेदन सार्वजनिक गर्दै जनाएको छ। कार्तिक ७ देखि मंसिर ७ सम्मको प्रतिवेदनअनुसार प्रहरी अभियानहरू लगातार प्रभावकारी देखिएका छन्।

फरक–फरक मुद्दामा फरार रहेका १८४ जना प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट ६ लाख २ हजार ३१९ रुपैयाँ जरिवाना असुल गरिएको छ भने १८ वर्ष १ महिनाको कैद सजाय पनि कार्यान्वयन गरिएको छ। भन्सार छलीका खाद्यान्न, कपडा तथा अन्य सामान गरी ३ करोड ७५ लाख ५० हजार ५५६ रुपैयाँ बराबरका सामग्री बरामद गरिएको छ।

लागुऔषध नियन्त्रणमा २७.४ किलो गाँजा बरामद भएको छ र चार जना पक्राउ परेका छन्। प्रहरीले ५ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ भने अवैध बालुवा उत्खननमा प्रयोग भएका पाँच ट्र्याक्टर नियन्त्रणमा लिएको छ। वन अपराधतर्फ ६१.५ क्युबिक फिट सालको काठ बरामद गरिएको छ।

एक महिनामा हराइएका सात बालिका र दुई महिलालाई फेला पारी अभिभावकलाई जिम्मा गरिएको छ भने थप दुई बालिकाको उद्धार गरिएको हो।
प्रहरीले आगामी दिनमा अपराध नियन्त्रण र सीमाक्षेत्र सुरक्षा अझ कडाइका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *