For Youtvnepal long gif
  • Home
  • Uncategorized
  • राष्ट्रिय हितभन्दा पार्टीको सत्तास्वार्थलाई माथि राख्नु ठीक हो भन्दै नेपालमाथि बाबुराम भट्टराईको प्रश्न
Image

राष्ट्रिय हितभन्दा पार्टीको सत्तास्वार्थलाई माथि राख्नु ठीक हो भन्दै नेपालमाथि बाबुराम भट्टराईको प्रश्न

काठमाडौं । फागुन २६ गते
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाईप्रति जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले टिप्पणी गर्नु भएको छ । नेता नेपालले पार्टीको अस्तित्व र एमालेले कारबाही गर्न खोजेका १४ सांसदको पद जोगाउनको लागि एमसीसी अघि बढाउन सहयोग गरेको बताउनु भएको थियो ।

उहाँले सो भनाईपछि भट्टराईले राष्ट्रिय हितविपरित भए पास गर्न मिल्छ भन्दै प्रश्न गर्नु भएको छ । आज सामाजिक सञ्जालमार्फत नेता भट्टराईले नेता नेपालमाथि सो प्रश्न गर्नु भएको हो । उहाँले राष्ट्रिय हितभन्दा पार्टीको हित वा सत्तास्वार्थलाई माथि राख्नु कति ठीक हो भन्दै प्रश्न गरेका छन् ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ , एमसीसी अनुदानसम्झौता संसदबाट पारित गरिएको राष्ट्रिय हितमा भएकाले हो कि पास नगरिएको भए सरकारबाट बाहिरिनुपर्थ्यो वा पार्टी नै समाप्त हुन्थ्यो भनेर होरुराष्ट्रिय हितभन्दा पार्टीको हित वा सत्तास्वार्थलाई माथि राख्नु कति ठीक होरुराष्ट्रिय हितविपरित भए पास गर्न मिल्छरुयो कस्तो राजनीति हो ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *