• Home
  • ताजा समाचार
  • राष्ट्रको गरिमालाई माथि उठाउन चाहने व्यक्तिहरूको कुरा नसुन्दा एमालेमा अहिलेको अवस्था आएको हो –माधवकुमार नेपाल
Image

राष्ट्रको गरिमालाई माथि उठाउन चाहने व्यक्तिहरूको कुरा नसुन्दा एमालेमा अहिलेको अवस्था आएको हो –माधवकुमार नेपाल

काठमाडौं । पुष १९ गते
मूर्तिलाई नढोग्नेहरूले ‘आई लभ यू केपी बा’ भनिरहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गर्नु भएको छ । सुनसरीको इटहरीमा आयोजित अनेरास्ववियु प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले मूर्तिलाई नढोग्नेहरूले आई लभ यू केपी बा भनिरहेको उल्लेख गर्नु भएको थियो ।

उहाँले व्यक्तिको देवत्वकरण भइसकेपछि त्यो व्यक्तिले आफूलाई देवता ठान्ने भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि दम्भ र निरंकुशताको प्रवृत्ति देखाएको बताउनु भएको थियो । अध्यक्ष नेपालले १५ वर्षसम्म आफ्नो मातहतमा रहेकाले नै आफ्नो निवेदन र आग्रह नसुनेको गुनासो गर्नु भएको भएको थियो ।

अध्यक्ष नेपालले स्वतन्त्र चिन्तन, आफ्नो विचार, धारणा राख्न चाहनेहरू, पार्टीको भलाइ सोच्नेहरू, समाजको परिवर्तनमा जुट्नेहरू, नेपाल राष्ट्रको गरिमालाई माथि उठाउन चाहने व्यक्तिहरूको कुरा नसुन्दा एमालेमा अहिलेको अवस्था आएको बताउनु भएको थियो ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *