• Home
  • अन्तराष्ट्रिय खबर
  • रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ
Image

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ ।
भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर गरेको छ। प्रहरीले मजदुरको भेषमा परिचालन भएर दुईजना अती चलाख अपराधीलाई रंगेहात पक्राउ गरेको हो।
नेपालबाट घर फर्किरहेका एक युवकलाई नशालु पदार्थ मिसाइएको पेय पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा प्रहरीले उनीहरूलाई सनिवार पक्राउ गरेको हो। घटनामा प्रयोग भएको अटोरिक्सासमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार भारत बिहार मोतीहारी जिल्ला तुरकौलिया निवासी देशराज शर्मा काठमाडौँबाट घर फर्किने क्रममा रक्सौल कोइरिया टोला नहर चोकबाट अटो चढेका थिए। सोही क्रममा अटोमा सवार बदमाशहरूले उनलाई झुक्याएर नशालु पदार्थ मिसाइएको ‘माजा’ नामक पेय पदार्थ खवाएका थिए।
नशालु पदार्थ सेवनपछि बेहोस भएका शर्माको साथबाट मोबाइल, नगद, सुनको औँठी, पेनड्राइभ र पासपोर्ट लुटिएको थियो। त्यसपछि उनलाई तुरकौलियास्थित नरियरवा नजिक सडक किनारमा फालेर अपराधीहरू फरार भएका थिए।
होसमा आएपछि शर्माले घटनाबारे रक्सौल थानामा उजुरी दिएका थिए।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै रक्सौल थानाका थानाध्यक्ष रमेश कुमार महतोको नेतृत्वमा विशेष प्रहरी टोली गठन गरिएको थियो। प्रहरीले अपराधी पक्राउ गर्न नयाँ रणनीति अपनाउँदै केही प्रहरीलाई मजदुरको भेषमा नहर चोकमा परिचालन गरेको थियो।
मजदुरको भेषमा रहेका प्रहरीहरू संदिग्ध अटोमा यात्रु बनेर बसेका थिए। संदिग्धहरूको गतिविधि पुष्टि भएपछि प्रहरी टोलीले घेराबन्दी गरी दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोतीहारी जिल्ला संग्रामपुर निवासी शिवनाथ प्रसाद र जलहां सिसवनिया निवासी उमेश सिंह रहेका छन्।
थानाध्यक्ष महतोका अनुसार पक्राउ परेका दुवै जनाको पुरानो आपराधिक इतिहास रहेको छ। उनीहरूविरुद्ध विभिन्न जिल्लामा लुटपाटका मुद्दासमेत दर्ता रहेको प्रहरीले जनाएको छ।
प्रहरीले पीडितबाट लुटिएका सामान बरामद गर्नुका साथै गिरोहमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। उनीहरू वीरगंजबाट रक्सौलतर्फ आउने यात्रुलाई फकाएर नशालु पदार्थ ख्वाएर लुटपाट गर्ने गरेको भारतीय प्रहरीले जनाएको छ।

Related Posts

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १९ घण्टा अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *