For Youtvnepal long gif
Image

माओवादीलाई कसैको वैशाखी आवश्यक छैन –प्रचण्ड

काठमाडौं, चैत ६ गते
माओवादी केन्द्र १ नम्बर पार्टी हुने सम्भावना बढेको नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गर्नु भएको छ । देशव्यापी निर्वाचन अभियानमा रहँदा देखिएको जनताको उभारले त्यसको संकेत गरेको प्रचण्डले बताउनु भएको छ । उहाँले संविधान र लोकतन्त्र बचाउँदै उत्पीडित जाति, वर्ग र समुदायको अधिकारको पक्षमा उभिएको दल माओवादी भन्ने जनताले बुझेको बताउनु भएको छ । सोही कारण मधेस प्रदेशदेखि जताततै माओवादीमा जनताको उभार आएको उहाँको भनाइ छ ।

प्रचण्डले माओवादी एक्लै, आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको बताउनु भएको छ ।उहाँले माओवादीलाई कसैको वैशाखी आवश्यक नभएको र आफ्नै बलमा निर्वाचन लड्ने बताउनु भएको हो ।आज पोखरामा पत्रकारसँग कुराकानी गर्दै उहाँ निर्वाचन गठबन्धनबाट हुन्छ कि एक्लै हुन्छ भन्ने आम सवाल रहेको र गठबन्धन होला र चुनाव जितौंला भनेर बस्ने नभइ आफ्नै खुट्टामा उभिने र फ्नै संगठनलाई बलियो पार्ने जिकिर गर्नु भएको छ । जनताका मुद्दा माओवादीको प्रमुख एजेण्डा भएको भन्दै उनले त्यसैलाई लिएर चुनावमा जाने बताउनु भएको छ । चुनावी तालमेलबारे प्रचण्डले सबैखाले सम्भावना खुला राख्ने बताउनु भएको छ । उहाँले निर्वाचन तोकिएकै मितिमा हुने दावी गर्नु भएको छ ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *