ताजा समाचार
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १४ घण्टा अगाडिदेश
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १४ घण्टा अगाडिभूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक पठाउँदै एमाले
By YOUTV
२ वर्ष अगाडि
Comments: 0
काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्ठलक्ष्मी शाक्यले एमाले सचिवालय बैठकले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक पठाउने निर्णय गरेको बताएकी छन् । आज नेकपा एमाले रामेछाप काठमाडौं–सम्पर्क मञ्चद्वारा आयोजित शुभकामना आदानप्रदान, सामूहिक देउसी भैलो तथा सांस्कृतिक कार्यक्रममा उनले सरकारले एकद्वार प्रणालीबाट राहत दिने नाममा मनपरि गरिरहेको भन्दै त्यसको व्यवस्थापनका लागि एक हजार स्वयंसेवक पठाउन लागेको बताइन् ।
उनले भनिन्, ‘सचिवालय बैठकले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक पठाउने निर्णय गरेको छ । म आफैं पनि लागेको छु । सरकारले एकद्वार प्रणालीबाट राहत दिने भनेको छ तर राहत पुगेको छैन, मनपरि भएको छ । आफ्नो मान्छेलाई राहत वितरण गर्ने काम भइरहेको छ । त्यो काम जाजरकोटमा धेरै छ, हाम्रो टोली त्यहाँ पुगेपछि सबै व्यवस्थित हुन्छ ।’
उनले पीडितहरुका लागि बस्नयोग्य एउटा टहरा मात्रै भए पनि बनाउने उद्देश्यका साथ हजार स्वयंसेवक तयार पार्दै गरेको भन्दै तिहारलगतै टोली परिचालन गर्ने बताइन् । उनले भनिन्, ‘स्वयंसेवकको काम पीडितलाई राहत दिने मात्रै होइन, उनीहरुका लागि बस्न योग्य एउटा टहरा मात्रै भए पनि बनाउने हो । यही उद्देश्यका साथ हजार स्वयंसेवक तयार गर्दैछौं । तिहारलगत्तै यो टोली जान्छ ।’
ताजा समाचार, देश, भिडियो, मनोरञ्न
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १४ घण्टा अगाडिअन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, शिक्षा, समाचार
ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु ४ हप्ता अगाडिजिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ३ महिना अगाडि