• Home
  • समाचार
  • भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक पठाउँदै एमाले
Image

भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक पठाउँदै एमाले

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्ठलक्ष्मी शाक्यले एमाले सचिवालय बैठकले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक पठाउने निर्णय गरेको बताएकी छन् । आज नेकपा एमाले रामेछाप काठमाडौं–सम्पर्क मञ्चद्वारा आयोजित शुभकामना आदानप्रदान, सामूहिक देउसी भैलो तथा सांस्कृतिक कार्यक्रममा उनले सरकारले एकद्वार प्रणालीबाट राहत दिने नाममा मनपरि गरिरहेको भन्दै त्यसको व्यवस्थापनका लागि एक हजार स्वयंसेवक पठाउन लागेको बताइन् ।

उनले भनिन्, ‘सचिवालय बैठकले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक पठाउने निर्णय गरेको छ । म आफैं पनि लागेको छु । सरकारले एकद्वार प्रणालीबाट राहत दिने भनेको छ तर राहत पुगेको छैन, मनपरि भएको छ । आफ्नो मान्छेलाई राहत वितरण गर्ने काम भइरहेको छ । त्यो काम जाजरकोटमा धेरै छ, हाम्रो टोली त्यहाँ पुगेपछि सबै व्यवस्थित हुन्छ ।’

उनले पीडितहरुका लागि बस्नयोग्य एउटा टहरा मात्रै भए पनि बनाउने उद्देश्यका साथ हजार स्वयंसेवक तयार पार्दै गरेको भन्दै तिहारलगतै टोली परिचालन गर्ने बताइन् । उनले भनिन्, ‘स्वयंसेवकको काम पीडितलाई राहत दिने मात्रै होइन, उनीहरुका लागि बस्न योग्य एउटा टहरा मात्रै भए पनि बनाउने हो । यही उद्देश्यका साथ हजार स्वयंसेवक तयार गर्दैछौं । तिहारलगत्तै यो टोली जान्छ ।’

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ महिना अगाडि
1 Comments Text
  • Inscription à Binance says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *