• Home
  • ताजा समाचार
  • प्रधानमन्त्री देउवा महत्वपूर्ण राष्ट्रिय मुद्दामा राष्ट्रिय सहमति जुटाउन असफल भएको योगेश भट्टराईको भनाई
Image

प्रधानमन्त्री देउवा महत्वपूर्ण राष्ट्रिय मुद्दामा राष्ट्रिय सहमति जुटाउन असफल भएको योगेश भट्टराईको भनाई

काठमाडौं । फागुन १९ गते
आफ्नो पार्टीलाई अमेरिकी सहयोग परियोजना (एमसिसी) अनुमोदनको प्रक्रियामा भाग लिने अवसरबाट वन्चित गरिएको भन्दै एमाले सचिव योगेश भट्टराईले असन्तुष्टि जनाउनु भएको छ । उहाँले राष्ट्रिय बहस भएको मुद्दामा संसद्को सबभन्दा ठूलो दललाई प्रक्रियामा भाग लिने अवसरबाट वञ्चित गर्नु दुःखद भएको बताउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले महत्वपूर्ण राष्ट्रिय मुद्दामा राष्ट्रिय सहमति जुटाउन असफल भएको भन्दै उहाँले जबर्जस्ती प्रतिनिधिसभामा यो प्रक्रिया अगाडि बढाएकोप्रति एमालेले खेद प्रकट गरेको बताउनु भएको छ ।

संसदमा सहज वातावरण बनाउनु पर्ने जिम्मा सभामुखको भएको, तर उनी यस दायित्वबाट च्युत भएको योगेशको आरोप छ । उहाँले दुईपक्षीय सम्झौतामा थप व्याख्या गर्नुपर्ने भएमा दुवै पक्षको सहमतिमा मात्र गर्न सकिने भन्दै व्याख्यात्मक टिप्पणीको अन्तर्राष्ट्रिय मान्यताबारे प्रस्ट नभएको बताउनु भएको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *