For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • प्रधानमन्त्री देउवा,प्रचण्ड र नेपाल संविधान च्यात्ने र लोकतन्त्र मास्न उन्मुख देखिएको रिमालको आरोप
Image

प्रधानमन्त्री देउवा,प्रचण्ड र नेपाल संविधान च्यात्ने र लोकतन्त्र मास्न उन्मुख देखिएको रिमालको आरोप

काठमाडौं । माघ १३ गते
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल संविधान च्यात्ने र लोकतन्त्र मास्न उन्मुख देखिएको नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आरोप लगाउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा उहाँले पहिले पनि यी नेताहरूले नै स्थानीय निकाय जनप्रतिनिधिविहीन बनाएकोले यसपालि पनि इतिहास दोहोरिने खतरा देखिएको बताउनु भएको हो ।

उहाँले संयोगवश अहिले फेरि तिनै पात्रहरु, शेरबहादुर,प्रचण्ड,माधव नेपाल नै स्थानीय तह राख्ने कि सक्ने भन्ने निर्णय गर्ने स्थानमा पुगेको आरोप लगाउनु भएको छ । रिमालले गतिबिधि हेर्दा इतिहास दोहरिने खतरा बढ्दै गएको जिकिर गर्नु भएको छ । सत्तारूढ गठबन्धनका नेताहरू संविधान च्यात्ने र लोकतन्त्र मास्ने दिशातर्फ उन्मुख रहेको रिमालको आरोप छ।

‘मुखमा रामराम बगलीमा छुरा भन्ने भनाइलाई चरितार्थ गर्दै गठबन्धनका यी संचालकहरु संविधान,कानुन,लोकतन्त्र भन्दै संविधान च्यात्ने र लोकतन्त्र मास्ने दिशातर्फ उन्मुख देखिएको आरोप लगाउनु भएको छ । उहाँले ०५४ मा निर्वाचित स्थानीय निकायका जनप्रतिनिधिको म्याद ०५९ मा सकिएका बेला यी नेताहरूले म्याद नथपेको पनि आरोप लगाउनु भएको छ । ‘०५४ सालमा निर्वाचित स्थानीय निकायको म्याद २०५९ सालमा सकियो। त्यतिखेर प्रधानमन्त्री शेरबहादुर देउबा थिए।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *