• Home
  • ताजा समाचार
  • प्रधानन्यायाधीशले समयमै निकास नदिँदा महाअभियोग लगाउनुपर्ने अवस्था आएको शेखर कोइरालाको जिकिर
Image

प्रधानन्यायाधीशले समयमै निकास नदिँदा महाअभियोग लगाउनुपर्ने अवस्था आएको शेखर कोइरालाको जिकिर

काठमाडौं । फगुन ३ गते
प्रधानन्यायाधीशले समयमै निकास नदिँदा महाअभियोग लगाउनुपर्ने अवस्था आएको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बताउनु भएको छ । नेता कोइरालाले आफूले पटकपटक न्यायालयलाई विवादमा नल्याउनका लागि निकास दिन सुझाव दिँदा प्रधानन्यायाधीशले नमानेको र अहिलेको समस्या आएको बताउनु भएको छ । महाअभियोग आउनुमा सत्ता गठबन्धन, एमसीसी जस्ता विषयले पनि काम गरेको हुन सक्नेतर्फ नेता कोइरालाले संकेत गर्नु भएको छ ।

उहाँले महाअभियोग टुंगो लाग्न ३–४ महिना लाग्ने दाबी गर्नु भएको छ । । यद्यपि गठबन्धनसँग महाअभियोग पारित गर्ने मत नभएकाले के हुन्छ भन्ने अहिले नै भन्न सक्ने अवस्था नरहेको उहाँको भनाई छ । उहाँले सरकारका प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशहरूमा जवाफदेहिता, उत्तरदायित्व र पारदर्शिता नहुँदा समस्या आउने गरेको भन्दै लोकतन्त्रमा सबै कुराको महत्व रहेको जिकिर गर्नु भएको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *