For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • प्रदेश १ को नाम लिम्बूवान प्रदेश राख्न संघीय लिम्बूवान पार्टी नेपालको आग्रह
Image

प्रदेश १ को नाम लिम्बूवान प्रदेश राख्न संघीय लिम्बूवान पार्टी नेपालको आग्रह

काठमाडौं । माघ १८ गते
प्रदेश १ को नाम लिम्बूवान प्रदेश राख्न संघीय लिम्बूवान पार्टी नेपालले माग गरेको छ। बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रदेशको नाम लिम्बूवान राख्न माग गरेको हो।संघीय लिम्बूवान पार्टीले अरुण पूर्वका नौ जिल्लालाई लिम्बूवान स्वायत्त राज्यका रूपमा मान्यता दिनुपर्ने माग राख्दै लामो समयदेखि संघर्ष गर्दै आएको छ।

प्रादेशिक संरचना अनुसार देशका ६ वटा प्रदेशले आफ्नो नाम र राजधानीको विषय टुंगो लगाएपनि प्रदेश १ सरकारले भने अझै प्रदेशको नामकरण गर्न सकेको छैन्। राजनीतिक तहमा प्रदेश नामकरणको विषय टुंगोमा पुग्न नसकिरहेका बेला लिम्बूवान पार्टीले आत्मनिर्णयको अधिकारसहित लिम्बूवान स्वायत्त राज्य हुनुपर्ने माग दोहोर्‍याएको हो। पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले लिम्बूवान राज्य प्राप्तिको आन्दोलन राजनीतिक निष्ठा र नैतिकतासँग जोडिएकाले प्रदेशको नाम लिम्बूवान हुनुपर्ने बताउनु भएको छ ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *