• Home
  • समाचार
  • पूर्व मन्त्री यादव: घर जेनजीले होइन, घुसपैठीले जलायो
Image

पूर्व मन्त्री यादव: घर जेनजीले होइन, घुसपैठीले जलायो

वीरगंज – जसपा उपमहासचिव एवं पूर्व खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो घर जेनजी आन्दोलनकारीले नभई नियतवश घुसपैठीले जलाएको दाबी गर्नुभएको छ। जेनजी आन्दोलनपछि पहिलोपटक पर्सा पुगेका यादवले पत्रकारहरूसँग कुरा गर्दै आफू युवाहरूको नेता भएको र आन्दोलनको सुरुदेखि नै समर्थन गर्दै आएको स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, “राज्यले आन्दोलनमा गरेको दमनका समाचार सुनेर म रातभर सुत्न सकिनँ। यही कारण २३ गते राति मन्त्री पदबाट राजीनामा दिएँ।” घर जलाइएको विषयमा यादवले थप्नुभयो, “म भ्रष्टाचारमा संलग्न छैन। बाउबाजेको सम्पत्ति र व्यवसायबाट बनेको घरमा आगजनी भयो। अहिले छिमेकीको घरमा बस्नुपरेको छ।”

उहाँले जेनजी आन्दोलनकारीबारे स्पष्ट गर्दै भन्नुभयो, “म सानै उमेरका युवाहरूको नेतृत्वको पक्षमा छु। घर जलाउनेहरू नियोजित ढंगले घुसपैठी हुन्। उनीहरूको पहिचान भइसकेको छ, तर म प्रतिशोधको राजनीति गर्ने पक्षमा छैन।” वीरगंजवासीलाई सचेत रहन यादवले आग्रह गर्दै भन्नुभयो, “आगजनी निन्दनीय छ, यसको मूल्याङ्कन भगवानले गर्नुहुनेछ।” यादवले देशको संघीयता, लोकतन्त्र र पहिचान जोगाउन जेनजी पुस्तालाई अग्रसर रहनुपर्नेमा जोड दिनुभयो र आफू सधैं युवाहरूको पक्षमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *