For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा पहिलो पटक प्रदेश अधिवेशन आज
Image

नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा पहिलो पटक प्रदेश अधिवेशन आज

काठमाडौं । पुष ८ गते

आज नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा पहिलो पटक प्रदेश अधिवेशन गर्ने भएको छ । प्रदेशको सभापति पदमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट कृष्णप्रसाद यादव र शेखर कोइरालाको समर्थनमा विमलेन्द्र निधिनिकट रामसरोज यादवले उम्मेदवारी दिएका छन्।

उम्मेदवारको मनोनयन मंगलबार गरिएको थियो। बुधबार मतदान गर्ने कार्यक्रम रहे पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि मतदान गर्ने कार्यतालिका बनाइएको थियो।जनकपुरस्थित गोपाल धर्मशालामा आज बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।

आन्तरिक विवादले गर्दा बुधबार मतदान नभए पनि निर्वाचन समितिले भने तयारी नपुगेकोले सार्नुपरेको प्रतिक्रिया दिएको थियो।शेखर र विमलेन्द्र निकट कार्यकर्ताले राति मतदान गर्न नहुने हुटिङ गरेपछि बिहीबारका लागि मतदानको समय तोकिएको थियो।यसैबीच सभापति उम्मेदवार रामसरोज यादव पक्षले अर्का उम्मेदवार कृष्ण समर्थक युवालाई मुक्का हानेपछि चुनावी कार्यक्रम नै स्थगित गर्दै आजका लागि सारिएको थियो।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *