For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • निर्वाचन आयोगको निर्देशनका सम्बन्धमा छलफल गर्नका लागि राप्रपाको पदाधिकारी बैठक बस्दै
Image

निर्वाचन आयोगको निर्देशनका सम्बन्धमा छलफल गर्नका लागि राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाडौं । माघ ९ गते
सोमबारका लागि निर्वाचन आयोगको निर्देशनका सम्बन्धमा छलफल गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले पदाधिकारी बैठक बोलाएको छ।आयोगले राप्रपाको आधारभूत मान्यता राजसंस्था र हिन्दू राष्ट्र विधानबाट हटाउन निर्देशन दिएपछिको अवस्थाबारे छलफल गर्न सोमबारका लागि पदाधिकारी बैठक बोलाइएको हो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आकस्मिक रुपमा बोलाइएको पदाधिकारी बैठकमा निर्वाचन आयोगको निर्देशन र अबको रणनीतिबारे छलफल हुने बताए।आयोगले हालै राप्रपालाई पत्र लेख्दै विधानमा उल्लेख भएको राजसंस्था र हिन्दू राष्ट्र भन्ने शब्द सात दिनभित्र झिकेर ल्याउन भनेको छ। राप्रपाले गएको मंसिरमा भएको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएसँगै राजनीतिक दलसम्बन्धी ऐनबमोजिम गत पुस १० मा अद्यावधिक गर्नका लागि आयोगमा पठाएको थियो।आयोगले राप्रपाको विधानसहित नयाँ विवरणमाथि अध्ययन गर्दै ती विषय संविधानविपरीत रहेको ठहर गर्दै कैँची चलाएको हो।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *