• Home
  • देश
  • नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै एनडीएच मसलाले नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ
Image

नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै एनडीएच मसलाले नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ

नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै
एनडीएच मसलाले नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ।नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै

एनडीएच मसलाले नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ।
बीआइटीले उत्पादन र बजारीकरण गर्दै आएको एनडीएच ब्राण्डका विभिन्न चार प्रकारका मसला नेपाली ब्राण्डका रुपमा नेपाली बजारमा बजारमा ल्याएको हो ।
एनडीएच ब्राण्डमा मिट मसला, मटन मसला, चिकेन मसला र मम मसला बजारमा ल्याएको हो ।
पछिल्लो समय नेपालमा पनि गरम र स्वादिलो मसलाका पारखीहरु बढेको सन्दर्भमा आयातीत महङ्गा र गुणस्तरहिन मसलालाई प्रतिस्थापन गर्न नेपाली अर्गानिक मसला उत्पादन गर्दै आएको कम्पनीले एनडीएच ब्राण्डमा यस्ता मसला पनि उत्पादन र बजारीकरण शुरु गरेको कम्पनीका प्रवन्ध निर्देशक कमल सिंहले जानकारी दिएका छन् ।
झण्डै ९५ प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरी उत्पादन हुँदै आएका एनडीएच ब्राण्डका मसलाहरु नेपालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, अमेरिकाको एफडीए, भारतको जीएसवान, आइएसओ, एचएसिसिपी, हलाललगायतबाट गुणस्तर प्रमाणित भएको कम्पनीले जनाएको छ ।
नेपालका साथै अमेरिका, जापान, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, दुबई, कतारलगायतका मुलुकहरुमा एनडीएचका मसला निर्यात भइरहेको छ । बढी बजार हिस्सा भएको अमेरिकाको आठवटा राज्यमा यो मसला उपलब्ध रहेको उनले बताए ।
चाडपर्वका बेलामा रेस्टुरेन्टमा बनाइने परिकार भन्दा आफ्नै घरमा बनाएर खानेहरुका लागि समेत स्वादिष्ट परिकार बनाउन कम्पनीले ल्याएका मसलाले पुरा गर्ने कम्पनीको अपेक्षा रहेको छ । शतप्रतिशत अर्गानिक र जडिबुटी जन्य उत्पादन भएकाले स्वदेशका साथै विदेशमा पनि मन पराइएको अनुभव उनको छ ।
कम्पनीले ५० ग्राम तौलमा आकर्षक प्याकिङ गरिएको बिरयानी मसलाको मूल्य ७० रुपियाँ राखेको छ ।
काठमाडौंको बुढानिलकण्ठमा रहेको उद्योगबाट उत्पादन गरिएका एनडीएच ब्राण्डका उत्पादन देशैभर डिलरमार्फत बिक्री वितरण गरिँदै आइरहेको छ । कम्पनीले अहिले एक सय बढी प्रकारका मसला बजारमा उपलब्ध गराइरहेको छ । करिब एक सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको कम्पनीले शुद्घ नेपाली ब्राण्डमा २०७३ सालदेखि निरन्तर मसला उत्पादन गर्दै आइरहेको छ ।
कम्पनीले प्रत्यक्ष अप्रत्यक्ष रूपमा करिव दुईसय जनालाई रोजगारी प्रदान गरेको छ।
स्थानीय कच्चा पदार्थ लाई मुख्य प्राथमिकतामा राखेको कम्पनी ले विभिन्न ग्रामीण क्षेत्रमा एकिकृत कृषि खेती प्रणाली पनि सञ्चालनमा ल्याएको छ ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १६ घण्टा अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni १ हप्ता अगाडि

पूजा ठाकुरको ‘तीजैमा छमछम’ सार्वजनिक, तीजको मौलिक संस्कृति र उल्लाससँगै नाच्दैछ नेपाली मन

नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा…

ByByanjana soni १ हप्ता अगाडि

विदेशको सपना छाडेर स्वदेशमै उद्यम: बिक्की शाहीको ‘NUMBUR – Heaven In Every Bite

काठमाडौं । विदेश गएर भविष्य खोज्ने सोच बनाएका धेरै नेपाली युवामध्ये केही पछिल्लो समय आफ्नै देशमा अवसर सिर्जना…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *